आज देशभर एमालेको जिल्ला अधिवेशन, ओलीले भर्चुअल उद्घाटन गर्ने
२३ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज देशका ७७ वटै जिल्लामा जिल्ला अधिवेशन गर्दैछ । एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे भर्चुअल माध्यमबाट सबै जिल्लाका अधिवेशन एकसाथ उद्घाटन गर्ने कार्यक्रम छ ।
एमाले केन्द्रीय कार्यालयको एक्सन रुमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिएका छन् । गत मंसिरमा १०औं महाधिवेशन गरेको एमालेले आज देशभर एकसाथ जिल्ला अधिवेशन गर्न लागेको हो। यस्तै प्रदेश अधिवेशन भने आगामी माघ ८ गर्ने तयारी एमालेले गरेको छ ।
यसैबीच एमाले संगठन विभागले जिल्ला नेतृत्व सम्बन्धमा मापदण्ड बनाई ७७ वटै जिल्लामा परिपत्र गरेको छ । मापदण्डअनुसार पदाधिकारी हुन दुई कार्यकाल जिल्ला कमिटीमा काम गरिसकेको वा एक कार्यकाल सचिवालयमा सदस्य भई काम गरिसकेको हुनुपर्नेछ ।
त्यस्तै जिल्ला सदस्य हुन जिल्ला कमिटी, जिल्ला विभाग वा एक तहमुनिको कमिटीमा कम्तीमा एक कार्यकाल बिताएको हुनुपर्नेछ ।
त्यस्तै एकता एकीकरणबाट पार्टीमा समाहित भएकाको हकमा भने विधानको धारा ६३ (११) अनुसार हुने एमालेले जारी गरेको सर्कुलरमा उल्लेख छ । जिल्ला अधिवेशनबाट एमालेको नयाँ जिल्ला कमिटी चयन हुनेछ । नयाँ नेतृत्व चयनका लागि सहमतिकै पहल हुने जनाइएको छ ।
Comments are closed.
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा