सिंहदरबारभित्रै काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्षलाई दलियाे मोसो
३० पुस, काठमाडौं । काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीले मोसो दलेका छन् । शिक्षा मन्त्रालयमा भएको सर्वपक्षीय बैठक सकेर बाहिर निस्कने क्रममा मन्त्रालय परिसरमै सोही कलेजमा अध्ययनरत विद्यार्थीले शर्मालाई मोसो दलेका हुन् । शुक्रबार मन्त्रालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा भएको बैठकले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिन नपाउने निणर्य गरेको थियो ।
बैठकमा शर्माले मेडिकल कलेजको सुविधा र संरचनाअनुसार कलेजले रकम लिन पाउनुपर्ने धारणा राखेका थिए । बैठकले गरेको पाँच निणर्यमा पनि शर्माले
फरक मत ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।
मन्त्रीसँगको छलफलमा मेडिकल सञ्चालकले भने, होस्टेल शुल्क फिर्ता गर्दैनौं
काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनील शर्माले होस्टेल शुल्क फिर्ता नगर्ने बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा अतिरिक्त शुल्क सम्बन्धमा शुक्रबार भएको छलफलमा उनले यस्तो बताएका हुन् ।
होस्टेल शुल्क नियमभित्रै टेकेर ल्याइएको छ । शुल्क फिर्ता गर्दैनौं । यदि सहमति भयो भने त्यसमा मेरो नोट अफ डिसेन्ट हुन्छ,’ छलफलमा उनले भने । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले होस्टेल विद्यार्थीको ऐच्छिक विषय भएको बताए ।
छलफलमा शिक्षा मन्त्री देवेन्द्र पौडेल, शिक्षा मन्त्रालयका अधिकारी, मेडिकल कलेजका प्रतिनिधिसहित सरोकारवालाको सहभागिता रहेको थियो । सो कलेजले विद्यार्थीबाट अतिरिक्त ६ लाख रुपैँयासम्म असुल्दै आएको छ । पीडित विद्यार्थी कलेजले गैरकानुनी शुल्क असुलेको भन्दै आन्दोलनमा छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply