४ माघ २०७८, मंगलवार ०३:३१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्दै
४ माघ, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफल गर्न उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दैछ । बैठक बिहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।
बैठकमा यही माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनको रणनीतिका विषयमा छलफल हुने नेताहरूले बताएका छन् । राष्ट्रिय सभा निर्वाचनमा सत्ता साझेदार दलहरूले गठबन्धन गरेका छन् ।
साथै निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको लागि गरेको तयारी, प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा जनाउँदै आएको विरोध, कोरोना महामारीका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
सरकार संचालनमा सहयोग गर्ने उद्देश्यले सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन गरेका छन् ।
समितिमा सत्ता गठबन्धनका दलका शीर्ष नेताहरू छन् ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply