त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
काठमाडौं । त्रिभुवन विश्वविद्यालय मा अध्ययन बिदाको दुरुपयोगको समस्या झन् गम्भीर बन्दै गएको छ। विश्वविद्यालयको तथ्यांकअनुसार करिब ४०० प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेका छन्, जसबाट उठ्न बाँकी रकम २ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। तीमध्ये धेरै प्राध्यापक अझै सम्पर्कमा नआएको र विश्वविद्यालयले उनीहरूलाई खोजीखोजी पत्राचार गरिरहेको जनाएको छ। अध्ययन बिदामा गएका स्थायी प्राध्यापक नफर्किँदा क्याम्पसहरूमा अस्थायी शिक्षक राख्नुपर्ने अवस्था सिर्जना भएको छ, जसका कारण त्रिविले दोहोरो आर्थिक भार बेहोर्नुपरेको छ।
अध्ययन बिदामा विदेश गएका धेरै प्राध्यापक बिदा सकिएपछि नेपाल नफर्की अमेरिका, अस्ट्रेलिया, क्यानडा तथा युरोपका विभिन्न मुलुकमै बस्ने गरेको पाइएको छ। कतिपयले विदेशबाटै राजीनामा पठाए पनि बिदा अवधिमा लिएको तलब–भत्ता भने फिर्ता नगरेको विश्वविद्यालयको गुनासो छ। त्रिविको नियमअनुसार कुनै शिक्षक ९० दिनसम्म बिनासूचना अनुपस्थित रहेमा सेवाबाट हटाउन सकिने प्रावधान भए पनि व्यवहारमा कार्यान्वयन कमजोर देखिएको छ।
संकायगत रूपमा हेर्दा मानविकी तथा सामाजिकशास्त्र संकाय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान र इन्जिनियरिङ अध्ययन संस्थानमा दुरुपयोग गर्नेको संख्या बढी रहेको छ। कुल ३९८ जनामध्ये मानविकी तथा सामाजिकशास्त्र संकायमा ११४ जना, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा १०६ जना र इन्जिनियरिङ अध्ययन संस्थानमा ९९ जना प्राध्यापक संलग्न रहेको तथ्य सार्वजनिक भएको छ। यसले विश्वविद्यालयको शैक्षिक गुणस्तर, जनशक्ति व्यवस्थापन र आर्थिक पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply