सरकारले घटायो बजेटको आकार, अब संशोधित बजेट १५ खर्ब ४६ अर्ब
२७ माघ, काठमाडौं । सरकारले अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार घटाएको छ । अब बजेटको संधोभित आकार १५ खर्ब ४६ अर्ब २८ करोड हुने भएको छ । सरकारले शुरुको विनियोजनबाट ८६ अर्ब ५५ करोड खर्च नहुने अनुमान गरेरेर बजेट संशोधन गरेको हो ।
अब चालुतर्फ १० खर्ब ३५ अर्ब ४६ करोड खर्च गर्ने सरकारी लक्ष्य छ । त्यसैगरी पुँजीगततर्फ ३ खर्ब ४० अर्ब ३२ करोड खर्च गरिने छ । यसअघि पुँजीगत खर्च ३ खर्ब ८७ अर्ब १० करोड खर्च गर्ने लक्ष्य थियो ।
अब वित्तीय व्यवस्थातर्फको बजेट संशोधन गरेर एक खर्ब ७० अर्ब ४९ करोड बजेट खर्च गर्ने सरकारको लक्ष्य छ । यो वर्ष प्रतिस्थापन विधेयकमार्फत सरकारले १६ अर्ब ३२ अर्ब ८३ करोडको बजेट ल्याएको थियो । कुल विनियोजित बजेटको आकार घटाएर यो वर्ष शुरुको विनियोजनको ९४.७ प्रतिशत मात्रै खर्च गर्ने गरी बजेट संशोधन भएको हो ।
समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले नेपालको बजेट प्रणालीमै समस्या रहेको बताएका छन् । बाँकी अवधिमा कार्ययोजना बनाएर काम उनले बताए । यो नयाँ अनुमानमा निर्वाचन खर्च, कोभिड खोप, अनिवार्य दायित्वलाई यथावत राखिएको उनले जानकारी गराएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply