१५ फाल्गुन २०७८, आईतवार ०७:३६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
पल शाह प्रहरीको नियन्त्रणमा
१५ फागुन, तनहुँ । जबरजस्ती करणीको आरोप लागेका अभिनेता पल शाह पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका शाहलाई आइतवार मध्यान्ह प्रहरीले नियन्त्रणमा लिइएको हो ।
उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँले आइतबार नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । नायक शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा एक नाबालिग गायिकाले बलात्कार आरोपमा जाहेरी दर्ता गराएकी थिइन् ।
गत बुधबार जाहेरी दर्ता भएलगत्तै प्रहरीले उनको खोजी गरिरहेको थियो । तर प्रहरीले फेला पार्न नसकिरहेका बेला उनी आफैं उपस्थित भएका हुन् ।
पललाई पक्राउ गर्न नसकेपछि प्रहरीले शनिबार ‘म यस्तो गीत गाउँछु-२’ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई बोलाएर सोधपुछ गरेको थियो । थापालाई सोधपुछपछि प्रहरीले शनिबार नै छाडिएको छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
Leave a Reply