मुलुकको चालू खाता घाटा ५ खर्ब ४७ अर्बमाथि पुग्यो
२७ जेठ, काठमाडौं। चालू आर्थिक वर्षको १० महिनामा मुलुकको चालू खाता घाटा बढेर ५ खर्ब ४७ अर्ब ३६ करोड पुगेको छ । शुक्रबार आर्थिक वर्षको वैशाखसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको राष्ट्र बैंकले यस्तो तथ्यांक देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो चालु खाता २ खर्ब ५१ अर्ब २९ करोडले घाटामा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब १४ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४ अर्ब ५७ करोडले घाटामा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४१.३ प्रतिशतले कमी आई रु.७ अर्ब ९९ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १८.२ प्रतिशतले वृद्धि भई रु.१६ अर्ब ६५ करोड पुगेको बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत
ट्रान्सफर रु.१३ अर्ब ६२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१४ अर्ब ८ करोड रहेको थियो । यस्तै समीक्षा अवधिमा मुलुकको शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोडले घाटामा रहेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ७ अर्ब ७५ करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५ करोड ५४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ४१ करोडले घाटामा रहेको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply