गठबन्धनका दलहरुसँग देश र पार्टी चलाउने एजेण्डा नै छैन : ओली

२३ कात्तिक, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनमा आबद्ध दलहरूसँग देश र पार्टी चलाउने कुनै एजेण्डा नभएको बताएका छन् ।
आज झापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले जनताको अधिकार, देशको स्वाधीनता, विकासलगायत एजेण्डा एमालेको रहेको जिकिर गरे । ओलीले आसन्न निर्वाचनमा एमाले विजयी नभए देश बर्बादीमा जाने बताए । देश बनाउने अभियानमा एमालेमा आउन उनले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत दलका नेता–कार्यकर्तालाई आग्रह समेत गरे ।
नेकपा (एकीकृत समाजवादी) भन्ने पार्टी नै नरहेको उनको भनाइ छ । एमाले सिद्धाउने खेल भएको भन्दै उनले आउँदो मंसिर ४ गतेपछि त्यो खेलको अन्त्य हुने तर्क गरे । निर्वाचनमा गठबन्धनले जस्तोसुकै दुष्कर्ष गर्न सक्ने भन्दै उनले हिम्मतिलो भएर मतको रक्षा गर्न कार्यकर्तालाई निर्देशन दिए ।
उनले निर्वाचनमा उठेका स्वतन्त्र उमेदवारहरूले केही गर्न नसक्ने जिकिर पनि गरे । निर्वाचनपछि बन्ने एमाले सरकारले ज्येष्ठ नागरिक भत्ता समयानुकूल बढाउँदै लैजाने उनले बताए । अध्यक्ष ओलीले डोटीमा गएको भूकम्पपीडितको उद्धार, राहत तथा पुनर्निर्माणको कामलाई अघि बढाउन सरकारको ध्यानाकर्षण गराए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply