लुम्बिनी प्रदेश सभाको स्थापना दिवस मनाइँदै
२१ माघ, दाङ । लुम्बिनी प्रदेश सभाको छैठौ स्थापना दिवस आज मनाइँदैछ ।
राप्ती उपत्यका देउखुरी प्रदेश सभा परिसरमा औपचारिक समारोहकाबीच प्रदेश स्थापना दिवस मनाउन लागिएको हो ।
२०७४ साल माघ २१ गते प्रदेशसभाको पहिलो बैठक बसेकै दिनलाई हरेक वर्ष स्थापना दिवसका रुपमा मनाउने गरिएको छ।
लुम्बिनी प्रदेशसभा अन्य प्रदेशको तुलनामा कानुन निर्माणमा अगाडि रहेको प्रदेश सभा सचिवालयका सचिव दुर्लभ पुनले बताए । प्रदेश सभाको पहिलो कार्यकालमा मात्रै ७२ वटा विधेयक सभाबाट पारित गरेको उनले जानकारि दिए ।
प्रदेश स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री लिला गिरीले पाँच वर्षको अवधिमा प्रदेशको नाम राजधानी तोक्ने, त्यसलाई कार्यान्वयन गर्नेजस्ता महत्त्वपूर्ण काम गरेको बताए ।
मुख्यमन्त्री गिरिले मिनी नेपालका रुपमा लुम्बिनी प्रदेशलाई व्यवस्थित गर्न सरकार लागिपरेको बताए ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
Leave a Reply