पशुपति क्षेत्र विकास कोषका पदाधिकारी जता कमिसन उतै लाग्ने रैछन् : मन्त्री किराती
१८ चैत, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरु कमिसनको खेलमा लाग्ने गरेको पाइएको बताएका छन् ।
पशुपतिनाथ क्षेत्रको सरसफाइमा सहभागी भएलगत्तै नेपाल पर्यटन बोर्डले आयोजना गरेको एक कार्यक्रममा उनले पशुपति क्षेत्र विकास कोषका पदाधिकारी कमिसनको खेलमा लाग्ने गरेको कुरा थाहा पाएको बताएका हुन् ।
पशुपति क्षेत्र परिसरमा सफाइ गर्ने क्रममा आफूलाई त्यहाँ रहेका मानिसहरुले पशुपति क्षेत्र विकास कोष जताबाट कमिसन आउँछ, त्यतै लाग्ने गरेको बताएको उनले सुनाए । विकास कोषका साथीहरु कहाँबाट कमिसन आउँछ, खाली त्यतै मात्रै लाग्ने । आज त्यहाँको सबै जनताले भने नि त ! उनले भने ।
पशुपतिनाथ क्षेत्रको फोहोर देखेर आफू साह्रै लज्जित भएर फर्केको उनको भनाइ छ । त्यहाँ जाने दर्शनार्थीहरुले ट्वाइलेट आफूलाई सोधेको र आफू पनि टवाइलेट खोज्दै हिड्नुपर्ने अवस्था आएको पनि उनको गुनासो थियो ।
मन्त्री किरातीले पर्यटनको पहिलो आधार सरसफाई भएकाले आफू पनि पशुपतिनाथ क्षेत्रको सफाइमा गएको तर त्यहाँ धेरै फोहोर रहेको समेत बताए ।
उनले सो क्षेत्रमा बिहान मर्निङ वाकमा आउनेहरुले समेत फोहोर ˆयाँकेर जाने गरेकाले त्यहाँको सफाइका लागि सबै सुध्रनुपर्ने बताए ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
Leave a Reply