आज नेपाल र ओमनबीच एक दिवसीय अभ्यास खेल हुँदै
२ वैशाख, काठमाडौं । नेपालले आज (शनिबार) ओमानसँग एक दिवसीय अभ्यास खेल खेल्ने भएको छ । खेल शनिबार बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुने भएको हो । खेल ५०–५० ओभरको हुनेछ । नेपालले एसीसी प्रिमियर कप अघि अभ्यास खेल खेल्न लागेको हो । आफ्नो उत्कृष्ट प्लेइङ–११ निर्धारण गर्ने यो अन्तिम अवसर हो । बन्द प्रशक्षणमा रहेका २१ सदस्य टोलीबाट आवश्यकता अनुसार खेलाडी प्रयोग गर्नेछ ।
अभ्यास खेल हुँदा प्लेइङ ११ नभएर टोलीका जुनसुकै खेलाडीलाई खेलाउन सक्छ । यो खेलले कुनै पनि अन्तर्राष्ट्रिय मान्यता पाउने छैन । नेपालको कप्तानी रोहित पौडेल र ओमानको जिशान मकसुदले गर्ने छन् । नेपालले आफ्नो अन्तिम १४ सदस्य टोली घोषणा गरेको छैन । अभ्यास खेलपछि नेपालले अन्तिम टोली घोषणा गर्ने भएको छ ।
उता ओमान १४ सदस्य टोलीका साथ नेपाल आइपुगेको छ । आईसीसी विश्वकप लिग–२ मा ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेका थिए । नेपालले पछिल्ला १२ मध्ये ११ खेल लिग–२ मा जितेको थियो । घरेलु मैदानमा लिग २ मा नेपालले पछिल्ला ८ खेल नै जितेको छ ।
एसीसी प्रिमियर कप यहि वैशाख ५ देखि १८ गतेसम्म टियु र मुलपानीको मैदानमा हुने भएको छ । समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया रहेका छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन् । नेपालले तीन खेल टियुमा खेल्दा एक खेल मुलपानीमा खेल्ने भएको छ ।
नेपालले साउदी अरेवियासँग वैशाख ११ गते खेल्ने भएको छ । नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग खेल्दै सुरुवात गर्नेछ । प्रतियोगिता विजेता टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउने छ । एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउने भएको छ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने भएका छन् ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
Leave a Reply