सरकारले विश्व बैंकबाट १५ अर्ब ८० करोड ऋण लिने
९ जेठ, काठमाडौं । सरकारले विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रमका लागि विश्व बैंकबाट ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको वैठकले विश्व बैंकबाट १५ अर्ब ८० करोड रुपैयाँ ऋण लिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट १२ करोड अमेरिकी डलर (१५ अर्ब ८० करोड रुपैयाँ) अमेरिकी डलर ऋण सहयता स्वीकार गर्ने निर्णय गरेको हो । सरकारले उक्त ऋण विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रमका लागि लिन लागेको हो ।
यस्तै मन्त्रिपरिषद्ले अमेरिकाले शिक्षा आयोजनाका लागि एक करोड ७० लाख (२ अर्ब ५९ करोड रुपैयाँ) अमेरिकी डलर सहायता स्वीकृत गरेको छ । जापानले मानव संशाधन विकास छात्रवृत्तिका लागि दिने ४१ करोड अनुदान पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।
यसैगरी अर्थले पेस गरेको भन्सार महसुल विधेयकका लागि सैद्धान्तिक स्वीकृति गर्ने, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समिति गठन तेस्रो संशोधन आदेश २०८० स्वीकृत गर्ने र असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply