सुनको मूल्यमा नयाँ रेकर्ड
१७ जेठ, काठमाडौं । सरकारले बढाएको भन्सार महसुल र सुनको अन्तर्राष्ट्रिय बजार मूल्यामा भएको वृद्धिले सुन र चाँदीको मूल्यमा एकै दिने वृद्धि भएको छ । तोलामै १ हजार ५ सय रुपैयाँले सुनको मूल्य बढ्दा बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार एकैदिन सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढ्दा छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार र तेजावी सुनको मूल्य एक लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ । यसअघि गत २१ वैशाखमा छापावाल सुन एक लाख ११ हजार ८ सय रुपैयाँ प्रतितोलामा खरिद बिक्री भएको थियो ।
बुधबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १ हजार ३९५ रुपैयाँ पुगेको छ ।
सरकारले बजेटमार्फत सुन र चाँदीको प्रति १० ग्राम भन्सार महसुल वृद्धि गरेपछि मंगलबारदेखि सुनमा प्रति १० ग्राम ३ हजार ९ सय र चाँदीमा १७ रुपैयाँ थप मूल्य लागेको थियो ।
बुधबार अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य प्रति औंस ३.०८ डलरले वृद्धि हुँदा सुनको भाउले नयाँ रेकर्ड बनाएको हो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- कान्तिपुरविरुद्ध रविको उजुरी
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- बार्दली रेष्टुरेन्टमा महानगरको डोजर
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
Leave a Reply