१८ जेष्ठ २०८०, बिहीबार १३:२०
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
भारतबाट बढेर आयो डिजेल र पेट्रोलको मूल्य, ग्याँसको घट्यो
१८ जेठ, काठमाडौं । भारतबाट डिजेल, पेट्रोलमा बढेर र ग्याँसमा घटेर इन्धनको नयाँ मूल्य प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ ।
निगमलाई बिहीबार बिहान प्राप्त नयाँ मूल्यअनुसार डिजेल लिटरमा २ रुपैयाँ ११ पैसा र पेट्रोलमा २ रुपैयाँ ४ पैसा मूल्य बढेको छ ।
यस्तै हवाई इन्धनको मूल्य लिटरमा ७ रुपैयाँले घटेर आएको छ भने खाना पाकाउने ग्याँसका मूल्य सिलिण्डरमा ४९ रुपैयाँले घटेर प्राप्त भएको निगमले जनाएको छ । नयाँ मूल्यपछि १५ दिनमा निगम एक अर्ब ७५ करोड रुपैयाँ नाफामा छ । नयाँ मूल्य पछि उपभोक्ता मूल्य बढाउने वा नबढाउने भन्ने निर्णय भने निगम सञ्चालक समितिले गर्न बाँकी छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply