विदेशी मुद्राकाे सञ्चिति १४ खर्ब ७० अर्ब, ९.७ महिनाको आयात धान्ने
२६ जेठ,काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामै विदेशी मुद्रा सञ्चिति करिब २१ प्रतिशत बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको वित्तीय विवरण अनुसार २०७९ असार मसान्तसम्म १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि भइ २०८० वैशाख मसान्तसम्म १४ खर्ब ७० अर्ब ३३ करोड रुपैयाँ बराबर पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा १७.६ प्रतिशतले वृद्धि भइ हाल ११ अर्ब २१ करोड कायम भएको छ । रेमिट्यान्स रकममा उल्लेख्य वृद्धि हुँदा र मुलुकको आयात घट्दा सञ्चितिमा सकारात्मक प्रभाव देखिएको हो ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १३ खर्ब १० अर्ब ६६ करोड रुपैयाँ बराबर छ भने बैंक तथा वित्तीय संस्थासँग १ खर्ब ५९ अर्ब ६८ करोड छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको छ । दश महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ११.२ महिनाको वस्तु आयात र ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply