खर्च कटौती गर्दै सरकार, १८ खर्ब ९० अर्बको बजेट तयारी
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमा तय गरेको छ। प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको मंगलबार बसेको बैठकमा अर्थ सचिव घनश्याम उपाध्यायले उपलब्ध स्रोत, खर्चको आवश्यकता र वर्तमान आर्थिक अवस्थालाई आधार मानेर बजेटको सीमा निर्धारण गरिएको जानकारी दिएका हुन्।
सरकारले सबै मन्त्रालयबाट बजेट सूचना प्रणालीमार्फत योजना तथा कार्यक्रम प्राप्त गरिसकेको छ भने अहिले अर्थ मन्त्रालयले प्राथमिकता निर्धारण, खर्च कटौती र अधुरा आयोजनाको अवस्थाबारे समीक्षा गरिरहेको जनाएको छ।
यसपटक सरकारले नयाँ आयोजना थप्नेभन्दा पनि वर्षौंदेखि अधुरा रहेका तथा निर्माणाधीन योजनालाई सम्पन्न गर्ने दिशामा बजेट केन्द्रित गर्ने तयारी गरेको छ। उत्पादनमुखी क्षेत्रलाई प्राथमिकतामा राख्दै परिणाममुखी बजेट ल्याउने सरकारको योजना रहेको अर्थ मन्त्रालयले जनाएको छ।
खर्च नियन्त्रण र वित्तीय अनुशासन कायम गर्न सरकारले अनावश्यक ठहरिएका ३९ वटा संरचना हटाइसकेको छ भने ३ सयभन्दा बढी दरबन्दी खारेज गरिएको बताइएको छ। साथै, प्रयोगमा नरहेका तथा आवश्यक नभएका १५ वटा कानुन खारेज गर्ने प्रक्रिया पनि अघि बढाइएको छ।
सरकारको यो कदमलाई खर्च व्यवस्थापन र आर्थिक सुधारको प्रयासका रूपमा हेरिएको छ। आर्थिक दबाब बढिरहेका बेला सरकारले सीमित स्रोतलाई प्रभावकारी रूपमा उपयोग गर्ने रणनीति लिएको अधिकारीहरूको भनाइ छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply