निर्माण व्यवसायी संघको चेतावनी : लागत समायोजन नभए विकास आयोजना ठप्प हुने
काठमाडौं । लुम्बिनी निर्माण व्यवसायी संघले निर्माण सामग्री तथा इन्धनमा भएको निरन्तर मूल्यवृद्धिका कारण निर्माण क्षेत्र गम्भीर संकटमा परेको जनाएको छ। संघले लागत अत्यधिक बढेकाले पुरानै दररेटमा निर्माण कार्य सञ्चालन गर्न नसकिने अवस्था सिर्जना भएको बताएको हो।
संघका अध्यक्ष रमेश बेल्वासेले पछिल्लो समय डिजेल, बिटुमिन, फलाम, सिमेन्ट, ढुवानी खर्च तथा श्रमिक पारिश्रमिकमा लगातार वृद्धि भइरहेकाले निर्माण व्यवसायीहरू ठूलो आर्थिक दबाबमा परेको बताए। उनका अनुसार इन्धन र बिटुमिनको अकासिएको मूल्यले सडक तथा पूर्वाधार निर्माणमा प्रत्यक्ष असर पारेको छ।
अध्यक्ष बेल्वासेले निर्माण क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाखौँ नागरिक आबद्ध रहेकाले मूल्यवृद्धिको असर समग्र अर्थतन्त्रमा समेत परेको उल्लेख गरे। उनले समयअनुकूल लागत समायोजन नहुँदा निर्माण व्यवसायी, श्रमिक तथा आयोजना सबै प्रभावित भएको बताए।
उनले सरकारसँग समयमै लागत समायोजनको व्यवस्था गर्न आग्रह गर्दै बैंक ग्यारेन्टी, बिमा, धरौटी तथा पेस्कीसम्बन्धी व्यवस्थामा सहजीकरण गर्न माग गरे। यदि तत्काल आवश्यक कदम नचालिए विकास निर्माणका आयोजना प्रभावित हुने र निर्माण कार्य नै ठप्प हुने अवस्था सिर्जना हुन सक्ने उनको चेतावनी छ।
संघले निर्माण क्षेत्रलाई बचाउन सरकार, सम्बन्धित निकाय तथा सरोकारवालाले तत्काल संवाद र समाधानको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएको छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
Leave a Reply