प्रधानमन्त्रीले नआऊ भन्दा पनि…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटक लगातार रूपमा दोहो¥याइरहेको भनाइ छ, ‘म आफू पनि अनियमितता गर्दिनँ, कसैले गरेको पनि सहन्नँ ।’ त्यसको सुरुवात विगतमा आफ्नै सचिवालयमा रहेर विवादमा मुछिएकाहरूलाई बिदा दिएर गरे पनि उनीहरूले बालुवाटार र सिंहदबार धाउन छाडेका छैनन् ।
१६÷१७ वर्षदेखि प्रधानमन्त्री ओलीका पीए रहेका झापाका इन्द्र भण्डारी तीमध्येका एक हुन्, जसलाई प्रमले बोलाएर अब तपाईं नआउनुहोला भन्दा पनि मानेका छैनन् । उनी केही कामबिना नै दिउँसो सिंहदबार र बिहान–बेलुकी बालुवाटार पुगेर धर्ना दिइरहेका हुन्छन् । मानौं, उनी अहिले पनि प्रमकै सचिवालयमा छन् । अघिल्लोपटक प्रमको प्रमुख स्वकीय सचिव हुँदा आर्थिक अनियमिततामा मुछिएको तथ्य प्रमसमक्ष पुगेपछि बालुवाटारबाट निस्किनासाथ उनले बालकोट नआउने गरी बिदा पाएका थिए । लामो समय सँगै बसेको, त्यसमा पनि झापाकै, अझ पार्टीमा पनि लागेको व्यक्ति भएका कारण इन्द्रलाई ओलीका वरिपरि जान गाह्रो छैन । तर, गलगाँडझैं उनी बिनाकाम आफ्नो वरिपरि झुन्डिरहेकोमा प्रमलाई पटक्कै चित्त बुझेको छैन ।
त्यस्तै, अघिल्लो कार्यकालमा स्वकीय सचिव रहेका धादिङका रमेश आचार्यको उठ्तीपुर्तीबाट आजित भएका प्रम ओलीले आफू प्रम नहुँदै उनलाई वक्तव्य निकालेर सचिवालयबाट निकालेका थिए । ओलीलाई ‘बा’ भन्ने, कालो कोट लगाएर डायरी समातेर केके न गर्ने रहेछ भन्ने पार्दै अघिपछि गर्ने रमेशलाई पनि अहिले बालुवाटार प्रवेश निषेध छ । रोचक कुरा, इन्द्रकै पथ पछ्याउँदै उनी पनि वरिपरि देखिन छाडेका छैनन् । प्रमको टिममा हुँदा धादिङका बालुखानी, गिट्टी उद्योगदेखि मेडिकल कलेजका सञ्चालकबाट समेत असुली गरेको पत्ता लागेपछि ओलीले उनलाई हटाएका थिए ।
झापाकै अनिश दाहाल पनि प्रमको सचिवालयमा अटाएनन् । क्याम्पसमा पढाउने, अंग्रेजी जान्ने भन्दै बालकोट भिœयाइएका उनमा चारित्रिक समस्या त देखा प¥यो नै, अरू पनि कैफियत देखिएपछि उनी पनि टिममा परेका छैनन् ।
प्रम ओलीले आफ्नो स्वकीय सचिवमा राजेश बज्राचार्यलाई नियुक्त गरेका छन्, जो नियुक्त नगरे पनि सधैं उनीसँगै हुन्छन् । सबै भेटघाट मिलाउने, औषधि खुवाउने, अनलाइनमा यस्तो समाचार आएछ भन्नेदेखि गाडीमा पत्रिका पढेर सुनाउनेसम्मका काम उनले नै गर्दछन् । पुरानामध्येबाट ओलीले माया गर्ने चेतन अधिकारीले प्रेस संयोजकमा निरन्तरता पाएका छन् भने ओलीको जीवन लेख्दै गरेका रामशरण बजगाईंले सूचना सम्प्रेषकमा नियुक्ति पाएका छन् । दीपेन्द्र दाहाल र कृष्णलाई पनि सचिवालयमा राखिएको छ ।
प्रम ओलीको सचिवालयदेखि सल्लाहकार समूह र सरकारी बैठकहरूको समेत संयोजन प्रमुख सल्लाहकार विष्णु रिमालले गर्दै आएका छन् । स्वदेशी–विदेशीसँग डिल गर्न उत्तिकै माहिर उनलाई जनसम्पर्क सल्लाहकार अच्यूत मैनाली र प्रेस सल्लाहकार कुन्दन अर्यालले सघाइरहेका छन् ।
सम्बन्धित समाचार
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply