सडकको दुरवस्थाविरुद्ध सडकमा
काठमाडौं । बौद्ध–जोरपाटी–साँखु–सुन्दरीजल मूल सडकको दुरवस्थाको विरुद्ध राजनीतिक दलका नेतासहित विभिन्न पेसा तथा क्षेत्रमा आबद्ध प्रतिनिधि सडकमा ओर्लिएका छन् । नागरिक दबाब अभियानको नेतृत्वमा सुरु भएको कार्यक्रममा पूर्ण ऐक्यबद्धता जनाउँदै उनीहरूले वर्षौं अघिदेखि सडक जीर्ण भई लाखौं स्थानीयले चरम दुःख कष्ट पाउँदा समेत सरोकारवाला निकाय मूकदर्शक मात्र भएको बताए ।
जोरपाटी चोकमा भएको विरोधसभालाई सम्बोधन गर्दै नागरिक दबाब अभियानका संयोजक तथा समाजसेवी दीपकसिंह भण्डारीले बौद्ध–जोरपाटी–साँखु–सुन्दरीजल सडकखण्ड राजमार्ग नभई कालमार्गमा परिणत भएको बताए । सडक बनाउन अहिलेसम्म कसैले अग्रसरता नदेखाएकाले नागरिक स्तरबाटै दबाब अभियान थालिएको भण्डारीले प्रस्ट पारे ।
अभियानका सहसंयोजक तथा सामाजिक अभियन्ता कुमारराज सुवेदीले एक्काइसौं शताब्दीमा पनि महानगरवासी नारकीय जीवन बिताउन बाध्य हुनु ठूलो बिडम्बना भएको बताए ।
आमनागरिकको सहनशीलतालाई कमजोरीका रूपमा नलिन सुवेदीले सरोकारवाला सबैलाई चेतावनी दिए । सडक निर्माण नभए सम्म अब अभियानले दबाबमूलक कार्यक्रम सञ्चालन गरिरहने सुवेदीले जानकारी दिए ।
नेपाली कांग्रेसका युवानेता तथा महासमिति सदस्य विमल ठकुरीले सडककोे अवस्था सुधार्न निर्वाचित जनप्रतिनिधहिरूले ठोस काम गर्न नसकेको टिप्पणी गरे । सडक सुधारका लागि आफ्नो सक्रिय सहयोग रहने प्रतिबद्धता ठकुरीले जनाए । वरिष्ठ साहित्यकार गोविन्दप्रसाद घिमिरेले अत्यन्त जीर्ण सडकका कारण स्थानीयको दिनचर्या नै नराम्रोसँग प्रभावित भएको बताए । मानवअधिकार तथा शान्ति समाजका पूर्वअध्यक्षसमेत रहेका अधिवक्ता होमकान्त चौलागाईले सडकको दुर्गतिका कारण आममानिसको मौलिक अधिकार नै हनन भइरहेको उदाहरण प्रस्तुत गरे ।
चिकित्सक सुवास प्याकुरेलले असारे भाकामार्फत व्यंग्य गर्दै राजधानीको केन्द्रका जनता वर्षौंदेखि प्रताडित हुनु राष्ट्रिय लज्जाको विषय भएको बताए । एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले बौद्ध–जोरपाटीमा जस्तो सडकको विकराल अवस्था अन्यत्र कमै मात्र हुने भन्दै राष्ट्रिय अर्थतन्त्रमा समेत यसले ठूलो हानि गरेको बताए ।
सामाजिक अभियन्ता देवेन्द्रमानसिंह बस्नेतले सडकको दुरवस्थाले स्थानीय सभ्यतालाई नै नराम्रोसँग गिज्याएको बताए । छहारी क्लबका अध्यक्ष कुमार श्रेष्ठले सडक सुधारका लागि राज्य उदासीन रहेको भन्दै जनताको समस्या तत्काल सम्बोधन गर्न माग गरे । सामाजिक अभियन्ता उद्धव रायमाझीले मूल सडकको स्तर उन्नति नभए सम्म अन्यत्र गरिने विकास अर्थहीन हुने बताए । पत्रकार निर्मल अर्यालले नरकतुल्य सडकका कारण गर्भमा रहेका शिशुदेखि अस्पताल लैजानुपर्ने वृद्धवृद्धा सबै पीडित हुँदा समेत ठोस रूपमा समस्या समाधान गर्न कोही अग्रसर नहुनले लोककल्याणकारी राज्यकै उपहास भएको बताए । खुद्रा व्यापार संघका अध्यक्ष रमेश ढकालले जीर्ण सडकका कारण आफूहरूको रोजीरोटी खोसिने खतरा बढेको बताए ।
सम्बन्धित समाचार
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- आज तीन मन्त्रीले शपथ लिँदै
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- विराटनगरमा आगोमा जलेर २ को मृत्यु, ४ घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- जेठ ३–७ मा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
- भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको कामको गुणस्तरमा सम्झौता नगर्न ओलीको आग्रह
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- विप्लव र प्रकाण्डसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी
Leave a Reply