अपांग कोषमा ब्रह्मलुट
काठमाडौं । समाज कल्याण परिषद्अन्तर्गतको राष्ट्रिय कोषका केही पदाधिकारीको ब्रह्मलुट गर्ने थलो भएको छ । अपांगता भएका व्यक्तिहरूलाई सहायक सामग्री खरिद तथा वितरण गरी सामाजिक काममा लाग्ने जिम्मेवारी पाएको कोष पछिल्लो सयम पदाधिकारीहरूको आर्थिक दुरुपयोगको थलो बनेको बताइन्छ ।
कोषका सभापति गोपाल भण्डारी र सदस्य सचिव यम मैनाली मिलेर कोषको रकममा अनियमितता गर्ने र विदेश घुम्नेबाहेक अन्य कुनै काम देखाउन नसकेपछि उनीहरूप्रति चारैतिरबाट तीव्र असन्तुष्टि देखा परेको थाहा भएको छ । अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसर पारेर अपांगहरूलाई कहिलेकाहीँ केहीकेही सहायक सामग्रीहरू वितरण गर्दै आएको कोषले डेढ वर्षयता कुनै सामग्री पनि वितरण गरेको छैन । गत वैशाख १७ गते कोषका सभापति भण्डारी र सदस्य सचिव मैनाली भारत भ्रमणकमा गएकोमा तोकिएको भन्दा ५ लाख ५ हजार रुपैयाँ बढ्ता खर्च भएपछि अख्तियारमा उजुरीसमेत परेको छ । उनीहरूले केही कर्मचारी आफूअनुकूलमा करारमा भर्ती गरेर कोषलाई व्ययभार बढाएको मात्र होइन, कार्यरत केही कर्मचारीहरूको भने तलबसमेत नदिएको बताइन्छ । भारतमा जाँदा साडीसमेत खरिद गरेर कोषलाई व्ययभार पारेको समेत थाहा भएको छ । अपांग कोषले यूएसएआईडी, ह्यान्डिक्याप इन्टरनेसनल सहयोगमा ह्विल चियर, वाकर, कृत्रिम खुट्टा, कृत्रिम हात, वैशाखीलगायत सामग्री वितरण गर्ने गरेको थियो ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply