एकताको तगारो, तीन नेताबीचको असमझदारी
काठमाडौं । पार्टी एकताको काम टुंग्याउने अधिकारसहित स्थायीय कमिटीबाट गठन गरिएको कार्यदलले पनि काम पार लगाउन नसकेपछि अब नेकपाको एकता धरापमै परेको हो त भन्ने आशंका मजबुत बन्दै गएको छ । कार्यदलले काम सम्पन्न गर्न नसकेपछि नौ सदस्य कार्यदलका पाँच सदस्यले समस्या समाधानको उपायसहितको समानान्तर प्रतिवेदन पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै बुझाएका छन् । यसले विगत नौ महिनादेखि बेरोजगार बनेको पार्टीको ठूलो कार्यकर्ता पंक्ति निराश बनेको त छँदैछ, दुई पार्टीबीचको एकताविरुद्ध चलखेल गर्ने शक्तिहरू थप जुर्मुराउने स्थिति पैदा भएको छ ।
एकताको म्यान्डेटसहित कार्यदल गठन गरिएको भए पनि प्रमुख तीन नेताहरूबीच सहमति नजुट्ता एकता प्रक्रिया लम्बिन पुगेको हो । कार्यदलले काम गर्न नसक्नुका पछाडि कार्यदलकै केही सदस्यले नचाहेर पटक्कै होइन । यो कार्यदलका कोही सदस्यले नचाहेर भन्दा पनि मुख्य तीन नेता अभ्यक्षद्वय ओली र प्रचण्ड तथा माधवकुमार नेपालबीच समझदारी निर्माण नभएर हो । एकता छिटोभन्दा छिटो टुंग्याएर पार्टीलाई गतिशील बनाउने हो भने नेता नेताबीचका आपसी असमझदारी हटाएर एक ठाउँमा उभिने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता टड्कारो देखिन्छ । विगतको पार्टी सञ्चालनको अभ्यास पनि त्यही नै हो । पूर्वएमालेभित्र पोलिटब्युरो गठन, स्यायी कमिटी गठनदेखि पार्टी एकतासम्मका कुराहरूमा ओली र नेपालबीच आपसी सल्लाह र सहमति हुने गरेको थियो । अरू त अरू राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने कुरामा पनि यी दुई नेता विभाजित भएका थिएनन् ।
तर, पार्टी एकता घोषणापछिको समयमा नेताहरूबीच असमझदारी र अविश्वास बढ्दै गएको छ । मिलाउनुपर्ने नेताहरूको भूमिका नै दोहोरो ढंगले प्रस्तुत भएको छ । यसका केही दृष्टान्त छन् । जस्तो ः अध्यक्ष प्रचण्ड एकातिर माधव नेपालसँग पनि मिलेर जानुपर्छ भन्छन्, अर्कातिर माधव नेपाल नभएको बेला प्रदेशका पदाधिकारीहरू नियुक्त गर्न सहमत हुन्छन् । उनी सहमत नभए प्रदेश पदाधिकारी नियुक्त नै हुने थिएन । नेपाल विदेश गएको बेला यहाँ सचिवालय बैठक बोलाएर प्रदेशका पदाधिकारी नियुक्त गरेपछि त्यस घटनाले पार्टीभित्र एक खालको तरंग सिर्जना गरेको थियो, जुन अस्वाभाविक थिएन । सचिवालमा अध्यक्ष ओली र प्रचण्ड मिलेर प्रस्ताव ल्याउँछन्, निर्णय गर्छन् । पछि स्थायी समितिमा माधव नेपालमा मान्छेले चर्को विरोध गरेर पछि उनै प्रचण्ड त्यसमा पनि होमा हो मिलाउँछन् । स्थायी कमिटीमा नेपाल पक्षले उठाएका कुरा सम्बोधन गर्नुपर्छ भनेर लचिलो पनि हुन्छन् । कुनै एकका विरुद्ध कुनै दुई मिल्ने कुराले नेताविशेषलाई मात्र नभएर पुरै कम्युनिस्ट आन्दोलन र मुलुकलाई पनि बर्बादी गराउँछ । तीन नेता बसेर मन नमाझ्दा आफ्ना विपक्षका केही भइरहेको छ कि भन्ने आशंकाले स्थान लिँदै गएको छ । ओलीलाई म नभएको बेला मेराविरुद्ध बसे भन्ने पर्ने, नेपाललाई म बाहिर भएका बेला ओली प्रचण्ड मिले भन्ने पर्ने र प्रचण्डलाई एमालेहरू मिलेर मलाई एक्ल्याउने भए भन्ने पर्ने । यो कारणले एकता विलम्ब भएको छ । पहिले नेताहरू एक ठाउँमा बसेर मन माझ्ने, अविश्वास हटाउने र यो एकतालाई सार्थक निष्कर्षमा पु¥याउन विलम्ब गर्नुहँुदैन ।
पार्टी एकताको काम टुंगो लगाउन कार्यदल बनाउने कुरा पनि प्रचण्डकै कारण सम्भव भएको हो । अचम्म त के छ भने एकातिर कार्यदल बनाउन उनै प्रचण्ड समर्थन दिन्छन्, अर्कातिर कार्यदल विघटन गर्ने भन्ने ओलीको प्रस्तावमा पनि सहमति जनाउँछन् । कतिसम्म भने कार्यदलका सदस्य समानान्तर प्रतिवेदन बुझाउन जाँदा फेरि, गजब भयो, मुख्य कुरा यही हो, तपाईंहरूले उठाएको कुरा ठीक हो, यसैका आधारमा एकता हुनुपर्छ पनि भन्छन् । एकातिर अध्यक्ष ओलीसँग मिलेर कार्यदल विघटन गर्न प्रचण्ड सहमत छन् भने उता प्रचण्डकै मान्छे माधव नेपाल समूहका मान्छेसँग मिलेर समानान्तर प्रतिवेदन बुझाएका छन् । तत्कालीन एमाओवादीबाट कार्यदलमा रहेका वर्षमान पुन र लेखराज भट्टले समानान्तर प्रतिवेदनमा सहमति जनाएका छन् । नेपाल बाहिर गएको बेला सुरुमा सचिवालय बैठक राखेर प्रदेश कमिटीका पदाधिकारी मनोनयन गरिएको विषयले त्यति तरंग सिर्जना गरिसकेपछि नेतृत्वले त्यसलाई सच्याउनुपर्ने हो । तर, दोस्रोपटक पनि त्यही घटनाक्रम दाहो¥याइयो ।
पछिल्लो समय नेपाल लाओस गएका बेला फेरि अर्को बैठक राखियो । एकातिर त्यस्तो गर्छन् । अर्कातिर ओली बाहिर गएका बेला बसौं भनेर तरंग सिर्जना गर्छन् । पार्टीभित्र यसरी खेल्ने कामले यो सबै एकता प्रक्रियालाई धरापमा पार्दै लगेको छ । पार्टीभित्र समूह निर्माण गर्ने, आफ्नो पक्षलाई बलियो बनाउने कुरा अनुचित भएन । तर, ती काम गर्ने बेला भइसकेको हो त ? पार्टी एकता नै नभई चलखेल गर्ने कुराले पार्टीलाई र ती नेतालाई कहाँ पु¥याउला ? प्रदेश, जिल्ला, गाउँ, नगर कमिटी बनिसकेपछि, कार्यविभाजन भइसकेपछि अनि चलखेल गर्ने, आ–आफ्ना समीकरण बनाउनतिर लागे त्यति बेला पनि ढोका खुलै हुन्छ भन्ने कुरामा नेताहरूले हेक्का राख्नुपर्ने देखिन्छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply