ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आफ्नो आधिकारिक हटलाइन सेवा ‘११५१’ लाई पूर्ण रूपमा पुनःसंरचना गर्दै अब केवल गुनासो दर्ता गर्ने माध्यम नभई तत्काल समस्या समाधान गर्ने सक्रिय संयन्त्रका रूपमा सञ्चालनमा ल्याएको छ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको नेतृत्वमा मन्त्रालय तथा मातहतका निकायहरूले परम्परागत प्रशासनिक ढिलाइ हटाउँदै नागरिकका समस्या छिटो समाधान गर्ने उद्देश्यसहित नयाँ कार्यप्रणाली लागू गरेका हुन्।
नयाँ प्रणालीअन्तर्गत नागरिकबाट आउने गुनासोहरू टेलिफोन, ह्वाट्सएप, विद्युतीय पत्र तथा सरकारको ‘हेलो सरकार’ माध्यममार्फत संकलन गरिन्छ। प्राप्त उजुरीहरू तत्काल सम्बन्धित निकायमा पठाइने व्यवस्था गरिएको छ, जसले समस्या समाधान प्रक्रिया छिटो र प्रभावकारी बनेको मन्त्रालयले जनाएको छ।
गत चैत १६ गतेदेखि लागू गरिएको यो सक्रिय प्रणालीमार्फत हालसम्म कुल १० हजार ३९२ वटा गुनासो दर्ता भएका छन्। मन्त्रालयका अनुसार सुरुआती दुई साताको अवधिमा ४ हजार २४८ वटा टेलिफोनमार्फत, १४ वटा ह्वाट्सएपबाट, दुई वटा विद्युतीय पत्रमार्फत तथा पाँच वटा ‘हेलो सरकार’ मार्फत गुनासो प्राप्त भएका थिए।
त्यसपछि वैशाख महिनाभर नागरिक सहभागिता उल्लेखनीय रूपमा बढेको देखिएको छ। वैशाख १ गतेदेखि ३१ गतेसम्म मात्रै ६ हजार २६ वटा टेलिफोन सम्पर्क तथा ९२ वटा अन्य विद्युतीय माध्यममार्फत उजुरी दर्ता भएका छन्।
मन्त्रालयका अनुसार अधिकांश गुनासो विद्युत सेवा तथा पूर्वाधार सुरक्षासँग सम्बन्धित छन्। बारम्बार आउने समस्यामा विद्युत लाइन अवरुद्ध हुनु, रूपान्तरण केन्द्र बिग्रिनु, न्यून भोल्टेज, विद्युत दुर्घटना, तारमा आगलागी, ढलेका वा जोखिमपूर्ण पोल तथा प्रसारण लाइनहरू प्रमुख रहेका छन्।
त्यसैगरी पोल सार्नुपर्ने माग, नयाँ मिटर जडान, मिटर पढाइमा देखिएका समस्या तथा विद्युतीय सवारीसाधन चार्जिङ केन्द्र सम्बन्धी गुनासाहरू पनि उल्लेख्य रूपमा प्राप्त भइरहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले ‘११५१’ हटलाइनलाई अझ प्रभावकारी बनाउँदै नागरिकलाई छिटो, सहज र प्रत्यक्ष सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
नदीबाट सिधै ढुंगा–बालुवा निकालेर पुल निर्माण गरेको आरोप
Leave a Reply