प्रधानमन्त्री फर्किएपछि नयाँ निर्णयको अपेक्षा
काठमाडौं । प्रधानमन्त्री केपी ओली अहिले सिंगापुरस्थित नेसनल युनिर्भसिटीमा उपचार गराइरहेका छन् । १५ महिनादेखि अल्झिएको पार्टी एकीकरणसँग जोडिएका काम फटाफट सम्पन्न गराएर उपचारका लागि सिंगापुर उडेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अबस्था सामान्य रहेको नियमित ‘ब्रिफिङ’मार्फत जानकारीमा आएको छ । पछिल्लो जानकारीअनुसार पूर्ण स्वस्थ भएर उनी २० भदौभित्रै स्वदेश फर्किंदै छन् । उनको स्वास्थ्यमा देखिएको सुधारको सकारात्मक सन्देशबाट ओलीको नेतृत्वमा समृद्धितर्फ सरकारको पाइला प्रभावकारी बन्ने अपेक्षा बलियो बनेको छ ।
१२ अघि ट्रान्सप्लान्ट गरिएको मृगौलाले एन्टिबडी बढी उत्पादन गर्दा स्वास्थ्यमा देखिएको उतारचढावबीच प्रधानमन्त्री ओलीले सिंगापुरमा स्वास्थ्य उपचारमा रहँदासमेत मुलुकप्रति गम्भीर जिम्मेवारीबोध गर्दै सकृयता देखाएका छन् । ५ भदौमा सिंगापुर गएको भोलिपल्टैबाट उनको स्वास्थ्य उपचार सुरु भएको थियो । तर, स्वास्थ्य अवस्थामा देखिएको सुधारसँगै यसबीचमा उनले सिंगापुरबाटै टेलिप्रिजेन्स प्रविधिमार्फत दुईपटक कार्यवाहक प्रधानमन्त्री र मन्त्रीहरूसँग मुलुकको पछिल्लो परिस्थितिबारे छलफल गरेका छन् । सभामुख कृष्णबहादुर महरा, संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङसँग संसद् सञ्चालन र विधेयकहरूका बारेमा छलफल गरेका छन् । उपचारमा रहँदासमेत उच्च मनोबलका साथ मुलुकको दायित्वप्रति गम्भीर देखिएका प्रधानमन्त्री ओलीको सक्रियता हेर्दा स्वदेश फर्किएपछि धेरै काम फटाफट अघि बढ्न सक्ने अनुमान गरिएको छ ।
मूलतः नयाँ आर्थिक वर्षसँगै प्रधानमन्त्री ओलीले सरकारको गेयर बदल्ने संकल्प गरेका थिए । विकास निर्माणमा ढिलासुस्ती, भ्रष्टाचार नियन्त्रणमा कुनै सम्झौता नहुने कुरामा उनले निरन्तर प्रतिबद्धता जनाउँदै आएका छन् । यसै सन्दर्भमा नयाँ आर्थिक वर्षसँगै मन्त्री र सचिवहरूसँग कार्यसम्पादन करार सम्झौतामार्फत तीव्र गतिमा काम गर्ने संकेत गर्दै परम्परागत शैलीमा ब्रेक गर्न खोजेका छन् । त्यसअनुसार परिणाममुखी काम देखाउन अहिले सबै मन्त्रालयमध्ये खासगरी विकास र अनुगमनसँग जोडिएका मन्त्रालयहरूले दसैंअघि नै ठेक्का प्रक्रिया सुरु गरेर तिहारलगत्तैबाट काम सुरु गर्नेगरी कार्यतालिका अघि बढाएका छन् । कार्यतालिकाअनुसार अधिकांश मन्त्रालयहरूले अहिले नियमित छलफल पनि गरिरहेका छन् । ठेक्का प्रक्रियालाई प्रभावकारी बनाउन सरकारले सार्वजनिक खरिद नियमावली पछिल्लोपटक संशोधन गरेर लागू गरिसकेको छ । यसअघि पुस÷माघबाट मात्र ठेक्का प्रक्रिया सुरु गरिने परम्परामाथि ब्रेक गर्दै चार महिनाअगाडि बाटै देखाइएको यो तदारुकताले चैतको दोस्रो साताभित्र विकास बजेट खर्च गरिसक्ने सरकारी पछिल्लो लक्ष्य पूरा हुने आशा जगाएको छ । तोकिएको अवधिभित्र विकास खर्च नभए सरकारी ढुकुटीमै फिर्ता हुने व्यवस्थासहित सरकारले देशभरि परिपत्र जारी गरिसकेको छ । उपचारबाट स्वदेश फर्किएलगत्तै राष्ट्रिय गौरवका आयोजनाहरूको अनुगमन र विकास निर्माणको तयारीबारे प्रधानमन्त्री ओलीले प्रभावकारी अनुगमन र निर्देशन गर्ने तयारी गरेको बुझिएको छ । त्यसो त उनले मन्त्रीहरूको कार्यसम्पादनबारे समेत एकपटक शीर्ष नेतृत्वहरूसँग छलफल गरेर ५÷६ जना मन्त्री परिवर्तन गर्न सकिने संकेत गरेका छन् । तर, उनी आफैंले भन्दा पनि विशेषतः अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालसँग छुट्टाछुट्टै छलफल गरेर निष्कर्षमा पुग्ने बताइन्छ ।
सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग लामो समयदेखि पदाधिकारीविहीन बन्दा शान्ति प्रक्रियासँग जोडिएको काम वर्षौंदेखि अल्झिएको छ । यसमा भइरहेको ढिलाइमा खेलेर कतिपय बेला विदेशी शक्तिहरूले दलहरूबीचको आन्तरिक एकता र विश्वास खलबल्याउने प्रयास गर्दै आएका छन् । त्यसैले पनि उनी फर्किनासाथ आयोग गठनले पूर्णता पाउने बताइन्छ । त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र निर्वाचन आयोगमा रिक्त स्थानमा पदाधिकारीहरूको नियुक्ति, राष्ट्रिय दलित आयोगमा अध्यक्षको नियुक्तिको काम मात्र होइन, भदौभित्रै स्थायी समिति बैठक बोलाउने नेकपाको तयारी छ ।
लामो समयदेखि स्थायी समिति र केन्द्रीय कमिटीको बैठक आयोजना हुन नसक्दा नेकपाभित्रको आन्तरिक लोकतन्त्रको अभ्यासमाथि विभिन्न कोणबाट प्रश्न उठ्दै आएको छ । ती सबै पक्षलाई सम्बोधन गर्दै पार्टी एकताको सन्देश स्थानीय तहसम्म पु¥याउनेगरी केन्द्रीय कमिटीबाट एकता सन्देश अभियान घोषणा गर्ने तयारी रहेको बुझिएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली सिंगापुरमा उपचार गराइरहेका बेला सचिवालय बैठक बोलाएर अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभियानको तयारीमा रहन पार्टी कमिटीमा आबद्ध नेता–कार्यकर्ताहरूलाई निर्देशित गरिसकेका छन् ।
सातवटै प्रदेशमा लाखभन्दा माथिको ठूलो आमसभा, जिल्ला सदरमुकाममा मध्यमस्तर र हरेक स्थानीय तहमा सानो आमसभा गरेर एकताको सन्देश तलसम्म पु¥याउने, नेता–कार्यकर्ता परिचालनमार्फत पार्टी पंक्तिलाई जागृत गर्ने र भावनात्मक एकतालाई वलियो बनाउनेगरी अभियान सुरु हुने महासचिव विष्णु पौडेलले बताउँदै आएका छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply