विदेशीलाई भित्तयाउने, स्वदेशीलाई विदेश खेद्ने ?
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रले पार्टी एकताको घोषणा गरेको १५ महिना भइसकेको छ । तर, खासमा यो पार्टी एकता नभएर पाँच नेताको व्यवस्थापन र सत्ता स्वार्थको मिलानजस्तो मात्र देखिएको छ । दुई अध्यक्ष, दुई पूर्वप्रधानमन्त्री र वामदेव गौतमजीको व्यवस्थापनमा नै यो एक वर्ष वितेको छ । पछिल्लो समयमा वामदेवजीले प्रमोसन पाउनुभयो, माधवजीको डिमोसन भयो । हिजो किन वामदेवलाई पर पारियो, झलनाथजीलाई तल पारियो ? माधवलाई माथि किन लगियो ? आज किन तलमाथि गरियो भन्ने कार्यकर्ताको प्रश्नको जवाफ नेतृत्वले दिन सकेको देखिँदैन । झट्ट हेर्दा, व्यवस्थापन गर्न खोजेजस्तो देखिन्छ । तर त्यो व्यवस्थापन गर्न खोजेको नभई तत्कालीन गुट परिचालनको कुरासँग जोडिएको छ । यस अर्थमा, नेकपा राम्ररीर फसेजस्तो लाग्दैछ । यो सैद्धान्तिक रूपमा जादै गएन । सैद्धान्तिक रूपमा विचलन भएर सत्ता साँठगाँठमा मात्र केन्द्रित हुनु दुःखलाग्दो कुरा हो ।
अहिले मुलुकमा कांग्रेसको जे हालत छ, त्यही हालतमा नेकपा पनि पुग्ने त होइन भन्ने डरलाग्दो प्रश्न खडा भएको छ । कांग्रेसभन्दा कुनै अर्थमा नेकपामा नयाँ हुने लक्षण नै देखाएको छैन । होला मान्छेको अनुहार फरकफरक होला, बोली भाषा फरकफरक होला तर स्वभाव, चिन्तन सबै एउटै देखिदैछ । चुनाव हारेपछि कांग्रेस अहिले ल्याङफ्याङ अवस्थामा छ । कांग्रेस भन्ने शब्दमा मात्र एकता छ । समाजवाद कहाँ छ, पुँजीवाद कहाँ छ ? भन्नेमा कांग्रेसमा केही चिन्तन नै छैन । नेकपा पनि त्यहि हालतमा जाँदै छ । माओवादीहरूको जनवाद कहाँ गयो ? एमालेको जबज कहाँ गयो ? सैद्धान्तिक बहस नै छैन । एकीकृत पार्टी पार्टी बनाइसकेपछि समाजवादमा जाने भन्ने छ । त्यो एउटा कम्युनिस्ट पार्टीको सिद्धान्तलाई एकातिर थन्कायांै रे । राष्ट्रलाई कसरी समुन्नत बनाउने भन्ने बाटोमा त कमसेकम छलफल हुनुप¥यो । समाजवाद भनेको के हो ? कस्तो खालको समाजवाद हामीले ल्याउने हो ? गरिवी निवारण गर्ने समाजवाद हो कि रेल र पानीजहाज कुदाउने अनि भीमकाय संरचना मात्र बनाउने समाजवाद हो कि ? देशको गरिबी, बेरोजगारी वा जीवनजगत नै संकटम परेको हाम्रो समाजलाई उन्नत बनाउने समाजवाद हो ? नागकिता दिएर विदेशीलाई भिœयाउने, स्वेदेशीलाई विदेश पठाउने गरिरहेका छौं हामी । कस्तो खालको समाजवाद ल्याउने भन्ने छलफल नै छैन । नेकपाका एकादुई नेताहरूले कस्तो समाजवाद भनेर फाट्टफुट्ट लेखेका पनि छन्, तर ती घाम लागेको बेला आएको छिटपुट पानीको थोपाजस्तै छ । वर्षाको पानी चुहिरहन्छ, त्यो हराएर जान्छ । दर्शन र सिद्धान्तको चिन्तन गर्नेहरू यसै हराएका छन् ।
यो एकता कस्तो हुन खोजेको हो बुझ्न सकिएको छैन । यो कम्युनिस्ट पार्टीको एकताजस्तो पनि छैन । राजनीतिक पार्टीको एकताजस्तो पनि छैन । देशप्रतिको परिकल्पना पनि छैन । संविधान जारी भएर यहाँसम्म आइपुग्दा संविधानले आँकलन गरेको पद्धतिलाई कसरी स्थायित्व गर्ने भन्नेमा पनि चिन्ता छैन । कानुनमा लेख्दैमा सबै हुन्छ भन्ने हुँदैन । गणतन्त्र लेखेर मात्र हुँदैन, यसलाई जोगाउनुपर्छ । हिजो पञ्चायतलाई पनि सूर्य र चन्द्र रहुन्जेल पञ्चायत रहन्छ भन्ने लागेको थियो । तर, लोकप्रिय काम गरेर भने लेख्दैमा त्यो व्यवस्था रहँदैन । यो सरकार लोकप्रिय छ । दुई तिहाइ बहुमतको सरकार छ । तर दिनदिनै सरकारको लोकप्रियता घटिरहेको छ । सरकारको लोकप्रियता घट्नु भनेको प्रणालीकै लोकप्रियता घट्नु हो । यो सरकार कमजोर हुनु भनेको यो प्रणाली नै कमजोर हुँदै जानु हो । बिस्तारै समस्या आएको कुरा प्रधानमन्त्री आफंैले संसद्मा पनि भने दलहरूको संयुक्त बैठक डाकेर त्यहाँ पनि भने । सबैको आशंका कतै यो गणतन्त्र असफल हुने हो कि भन्ने छ । यो सबै हुनुको मुख्य कारण भनेको पार्टी एकता सिद्धान्तको जगमा नभएर स्वार्थको आधारमा भएर हो । ८ लाख पार्टी सदस्य छन् नेकपाका भनिन्छ । ४ लाख कार्यकर्तालाई मात्र यो एक वर्षमा क्रियाशील गराएको भए, मुलुक समृद्धिको सपना ती चार लाखको बीचमा बाँडिदिएको भए अवस्था अर्कै हुन्थ्यो । पार्टी कार्यकर्ता भनेका देश निर्माणका निम्ति सपना बोकेर जनताका बीचमा जाने संयन्त्र हो । एक वर्षदेखि यतातिर ध्यान नै छैन । कसले होली वाइन खाने, कसले नखाने भन्नेमा मात्र चिन्तन देखिन्छ ।
अर्कातर्फ बाहिर भनेजस्तो भित्र छिमेकीसँगको सम्बन्ध नै देखिँदैन । ईपीजीसमेत लागू नहुने कुरा बाहिर आएको छ । संविधानप्रतिको समर्थन पनि खुला हृदयका साथ आएको छैन । यस्ता खालका नकारात्मक कुराले देशमा एक खालको माहोल बनाइराखेको छ । यसको एउटै कारण के हो भने पार्टी सैद्धान्तिक रूपले आएन । अनि त्यो पार्टी देशको विकास निर्माणका लागि अभियान चलाएन । देशमा गरिबी छ । त्यो गरिबी पानीजहाज ल्याएर त हट्दैन । रेल ल्याएर मात्र गरिवी हट्ने भए भारतमा रेल, पानी जहाज आएको कति भयो ? खोइ भारतको गरिबी हटेको ? गरिबी हटाउन कुनै योजना चाहिन्छ । तर, योजना नै छैन । देशप्रतिको चासो, चिन्ता नेतृत्वलाई छँदै छैन । सत्ताको मात्र चिन्ता लिएर कसरी जनप्रिय भइन्छ ? कसरी समृद्धि हासिल हुन्छ ? नयाँ राजनीतिक प्रणाली त आयो तर देश कतै संकटमा जाने त होइन ? त्यो संकटले कहाँ पु¥याउने हो ? जोगाउने विकल्प त केहि आउलान् । तर, ती विकल्प धान्नेगरी आउने हुन् कि नधान्नेगरी आउने हुन् ? स्वेदेशीहरूकै चाहनाअनुरूपका विकल्प आउने हुन् कि विदेशीका चाहनाअनुसार आउने हुन् ? विदेशीको चाहनाको विकल्प आयो भने फेरि पनि समस्या उही नै हो । सिस्टम आउन ठूलो कुरा होइन, टिक्नु ठूलो कुरा हो । सिस्टम टिकाउने नेतृत्व, सिद्धान्त नै भएन । कसरी यो सिस्टम टिकाउने हो, देशलाई समृद्ध बनाउने हो, त्यसमा नेतृत्व चिन्तित हुनैपर्छ ।
(कुराकानीमा आधारित)
सम्बन्धित समाचार
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply