सी भ्रमणअघि वैचारिक अन्तक्र्रिया
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीच सैद्धान्तिक–वैचारिक विषयमा केन्द्रित विचारधारात्मक अन्तक्र्रिया सम्पन्न भएको छ । चिनियाँ राष्ट्रपति सी चिन फिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने निश्चित भएसँगैै दुई कम्युनिस्ट पार्टीबीच सम्पन्न यो अन्तक्र्रियाले दुई देश र दुई कम्युनिस्ट पार्टीबीचको सम्बन्धमा नयाँ आयाम थपेको छ । यसलाई राष्ट्रपति सीको आसन्न भ्रमणको गृहकार्यकै एक हिस्सा मानिएको छ । २३ वर्षपछि हुन लागिरहेको राष्ट्रपति सीको भ्रमण ऐतिहासिक रूपले सफल बनाउन अन्तक्र्रियाले महŒवपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ ।
‘सी चिन फिङ विचारधाराबारे चिनियाँ कम्युनिस्ट पार्टीको धारणा तथा नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच विचारधारात्मक छलफल’ शीर्षकमा सम्पन्न कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओ नेतृत्वको प्रतिनिधिमण्डल सहभागी थियो । नेकपाका तर्फबाट अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित करिब ३ सय नेकपाका नेता–कार्यकर्ता सहभागी भए । होटेल याक एन्ड यतीमा भइरहेको अन्तक्र्रियामा चीनले अघि बढाएको सी विचारधारा र यसले हासिल गरिरहेको उपलब्धि तथा नेकपाले अपनाइरहेको जनताको जनवाद र जनताको बहुदलीय जनवादको कार्यदिशामा केन्द्रित रहेर दुई पार्टीका नेताहरूले वैचारिक अनुभव आदानप्रदान भएको छ । विदेश विभाग उपप्रमुख विष्णु रिजालले वैचारिक अन्तक्र्रियाले आ–आफ्नै विशेषताको समाजवाद निर्माणतर्फ अघि बढिरहेका दुवै मुलुकका निम्ति फलदायी साबित भएको बताए । बीआरआई प्रोजेक्टको विशेषता, सी विचारधारा र चिनियाँ कम्युनिस्ट पार्टीले कार्यान्वयन गरिरहेको अनुशासनको विषयमा केन्द्रित रहेर नेताहरूले अनुभव सेयर गरेका थिए ।
उद्घाटन सत्रमा नेकपाका नेताहरूले चिनियाँ मोडलको सी विचारधारा विश्वकै लागि समाजवाद निर्माणको मोडल बन्दै गएको भन्दै प्रशंसा गरे । त्यस्तै, चिनियाँ पक्षले पनि नेपालले पनि आफ्नै विशेषतामा आधारित समाजवाद उन्मुख कार्यदिशा अपनाइरहेकाले एउटै लक्ष्य प्राप्तिका निम्ति निरन्तर विचार र अनुभव आदानप्रदान हुनुपर्ने आवश्यकता औंल्याए । एक चीन नीतिप्रति अडान स्पष्ट राख्दै नेकपाका नेताहरूले नेपाली भूमि कुनै मुलुकललाई चीन विरोधी गतिविधि गर्न नदिने विश्वास पनि दिलाए ।
प्रधानमन्त्री केपी ओलीले सी विचारधाराले विश्व व्यवस्थालाई नै नेतृत्व गर्न सक्ने गरी आकार ग्रहण गर्दै गएको बताए । ‘यदि चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व हुन्नथ्यो भने ७० वर्षमा चिनियाँ समाजको आर्थिक, सामाजिक रूपान्तरण र आजको चामत्कारिक उपलब्धि सम्भव थिएन,’ प्रधानमन्त्री ओलीले अन्तक्र्रियामा भने, ‘पछिल्लो दशक चीनले हासिल गरेका ती सबै उपलब्धिको श्रेय राष्ट्रपति सीलाई नै जान्छ । विश्वलाई हेर्ने उहाँको गतिशील सोचले विश्व व्यवस्थाको नेतृत्व गर्न सक्ने गरी आकार ग्रहण गर्दै गएको छ ।’ चीनले आफ्नो मौलिक विशेषता र पसिनाको जगमा उपलब्धि हासिल गरेको भन्दै उनले चिनियाँ विकासको मोडल विश्वकै लागि उदाहरणीय बन्ने विश्वास व्यक्त गरे ।
नेकपाले अन्तर्राष्ट्रिय परिस्थिति र विशिष्ट अनुभवका आधारमा बहुदलीय प्रतिस्पर्धात्मक शासन प्रणालीमार्फत जनताको मन जितेर सामाजिक न्यायसहितको समृद्ध मुलुक निर्माणको अगुवाइ गरिरहेको प्रधानमन्त्री ओलीले बताए । आर्थिक समृद्धिको दिशामा अघि बढिरहेकाले नेपालले विकासको मामिलामा चीनसँग साझेदारी गर्न चाहेको उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले नेकपाले जबज र जनताको जनवाद नेपाली विशेषताअनुसार माक्र्सवादकै सिर्जनात्मक प्रयोगको मोडल भएको बताए । उनले सी विचारधारा पनि समाजवादकै मोडल भएकाले दुई विचारधाराबीच निरन्तर छलफल र अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष प्रचण्डले चिनियाँ शैलीको समाजवादले उदाहरणीय विकास गर्दै गएकाले विश्वभर बहस चलिरहेको बताए । साथै, जनतालाई समृद्धि र सन्तुष्टि दिएकै कारण चिनियाँ सत्ताले निरन्तर शासन गर्ने वैधता प्राप्त गर्दै आएको उनले स्पष्ट पारे । ‘आज संसारको कुनै प्रणालीले नदिएको तीव्र विकास चिनियाँ प्रणालीले दिएको छ, जनतालाई सेवा पु¥याएकाले निरन्तर सत्तामा बस्ने वैधता चिनियाँ कम्युनिस्ट पार्टीले प्राप्त गरेको छ,’ प्रचण्डले भने ।
राष्ट्रपति सीको वैचारिक नेतृत्वमा पार्टी र सिंगो राष्ट्र अनुशासित रूपमा संगठित हुँदै विश्व व्यवस्थातर्फ लम्किएको भन्दै प्रचण्डले प्रशंसा गरे । नेपाल पनि संविधानमै उल्लेख गरेर समाजवादको दिशातर्फ अघि बढेकाले चिनियाँ समाजवादको मोडल प्रेरणाको स्रोत बन्ने विश्वास पनि प्रचण्डले व्यक्त गरे । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुख सङ ताओले राष्ट्रपति सीको नेपाल भ्रमण सुनिश्चित भएको स्पष्ट संकेत दिए । निकट भविष्यमा हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने बताए । नेपाल र चीन दुवै देशका सत्तारूढ कम्युनिस्ट पार्टीको विचारधाराको लक्ष्य एउटै भएको बताए । ‘केही वर्षयता नेकपाले पनि जबज र २१औं शताब्दीको जनवाद भनेको छ, यो शान्तिपूर्ण रूपान्तरणको बाटो हो,’ सङले भने, ‘सी विचारले पनि शान्तिपूर्ण विकासलाई नै अघि सार्छ ।’
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply