समीक्षा गर्ने बेला भएकै छैन
० हालै सम्पन्न उपनिर्वाचनको परिणामको मूल्यांकन कसरी गर्नुभएको छ ?
यो परिणामलाई धेरै समीक्षाको विषय बनाइरहनुपर्छ भन्ने मलाई लाग्दैन । यसले पुरै समीक्षाको ढोका खोलेको छैन, सामान्य संकेत मात्र गरेको छ । यसको जित र हारलाई नै लोकप्रियताको आधार बनाइनुहुन्न ।
० सामान्य संकेतचाहिँ के गरेको छ नि ?
यथास्थिति नै हो । करिबकरिब हामीले पहिले जहाँ जितेका थियौं, त्यहाँ अहिले पनि जितेकै छौं । केही ठाउँ हारियो तर त्यसलाई त्यति ठूलो फेरबदलका रूपमा लिएको छैन मैले ।
० दुई पार्टी एक भएपछि पुरै परिणाम नै स्विप गर्छ भन्ने थियो नि ?
दुई पार्टी एकताको कोर्स पनि अब पुरानो भइसक्यो । यो कोर्सको उत्कर्ष भनेको निर्वाचन नै हो ।
० प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस त यो परिणामबाट निकै उत्साहित भएको छ नि ?
कांग्रेस उत्साही भएको र हामी निराश भन्ने दुवै कुरा होइन । यसलाई मिनी जनमत वा मिनी निर्वाचनका रूपमा व्याख्या गरिनुहुन्न ।
० धरान उपमहानगरपालिको परिणामलाई केन्द्रमा राखेर धेरै टिप्पणी गरिएको छ, त्यहाँको परिणामले त नेकपालाई गम्भीर हुनुपर्ने बनाएन र ?
यसलाई सिक्किमको निर्वाचनसँग दाँजेर हेर्न सकिन्छ । जनताले कामसँगसँगै अनुहारमा पनि परिवर्तन खोज्छन् । जनमतभन्दा पनि अनुहारमा पनि परिवर्तन खोज्छन् । त्यहाँ पनि जनताले नयाँ पार्टी खोजेका होइनन् कि नयाँ अनुहार खोजेका हुन् । राम्रो काम गरे पनि एउटै कुराले लामो समयसम्म रह्यो भने त्यो जनताले रुचाउँदैनन् ।
० आगामी चुनावमा यस कुरामा नेतृत्वले चलाखी अपनाउनुपर्ने शिक्षा त दियो नि होइन ?
अहिलेका कांग्रेस, नेकपा वा अरू कुनै पार्टी एउटा परिवर्तनकारी, अर्को यथास्थितिवादी भन्ने होइन । यी सबै एउटै धारका पार्टी हुन् । अहिले मान्छेको मुख्य छनोट पार्टीभन्दा राम्रो मान्छे होस् भन्ने हो । आगामी निर्वाचनमा त्यस्तो उम्मेदवार खोज्ने कुरामा विवेक पु¥याउनैपर्छ ।
० नेकपाभन्दा एमाले नै लोकप्रिय रहेछ भन्ने टिप्पणीचाहिँ कति यथार्थपरक हो भन्ने लाग्छ ?
त्यस्तो पनि होइन । मान्छेले व्यक्ति राम्रो खोजेका हुन् । मुख्य कुरा यो निर्वाचनलाई मूल्यांकनको निर्वाचन नै बनाउनुहुन्न । कसैको प्लस र माइनसको विषय बनाउनुहुन्न ।
सम्बन्धित समाचार
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply