पार्टीभित्रै आलोचत आचारसंहिता
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता–कार्यकर्ताका लागि ११ बु“दे आचारसंहिता जारी गर्दै कडाइका साथ पालना नभए कारबाही गर्न निर्देशन दिएका छन् ।
आन्तरिक सर्कुलरमार्फत यस्तो निर्देशन आएपछि नेकपाभित्र नेता–कार्यकर्ताहरूले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबाटै लागू गरेर सुरुआत हुनुपर्ने माग गर्न थालेका छन् । जीवनशैली, खानपान, बोलीचाली, संस्कार र व्यवहारस“ग सम्बन्धित आचारसंहिता ओली र प्रचण्डले लागू गर्न सुरु गरे मात्र पार्टीमा लागू हुने भन्दै सामाजिक सञ्जालमा कार्यकर्ताहरूले बढी नै आलोचना गरिरहेका छन् ।
१३ पुसमा बसेको केन्द्रीय सचिवालय बैठकले पारित गरेको आचारसंहिता अध्यक्ष ओली र प्रचण्डले गत ५ माघमा सर्कुलरमार्फत जारी गरेका छन् । पार्टी सदस्यले श्रमबाट आर्जित कमाइबाट राज्यलाई कर तिर्नुपर्ने, बेलाबेलामा परिवारका सदस्यहरू सबै जुटेर पारिवारिक बैठक बसी हार्दिकतापूर्ण वातावरणमा सबैले सबैलाई सल्लाह, सुझाव दिने र आलोचना गर्ने स्थिति निर्माण गुर्नपर्ने, परिवारमा १६ वर्ष पुगेका सबै सदस्यबीच दिनभरि गर्नुपर्ने घरका कामहरू सम्पन्न गर्न कार्यविभाजन गर्नुपर्ने उल्लेख छ । त्यसरी कार्यविभाजन गर्दा सबभन्दा अप्ठेरो काम आफूले लिनुपर्ने, परिवारमा गालीगलौज, झगडा, भेदभाव र छुवाछूत पूर्ण रूपले अन्त्य गर्नुपर्ने, चाडपर्व र अन्य कामका लागि खर्च गर्दा मितव्ययी हुनुपर्ने विषय समेटिएको छ । तर, अध्यक्षद्वय ओली र प्रचण्डको जीवनशैली, सुखभोग, खर्चको पारदर्शितामाथि बारम्बार प्रश्न उठ्दै आएको भन्दै कार्यकर्ताहरूले भने यसरी जारी गर्नुको के औचित्य ? भन्दै प्रश्न उठाएका छन् ।
अरूस“ग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउनुपर्ने, कसैलाई पनि हेलाहोचो, एकारान्त तथा त“ भन्न पूर्ण रूपले बन्द गर्नुपर्ने, छोरीछोराको विवाहलाई सरल र मितव्ययी बनाउनुपर्ने, जन्मदिन, ब्रतबन्ध, पास्नीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्ने भन्दै निर्देशन दिइएको छ । त्यस्तै, घरको काममा राखिने सहयोगीलाई सम्मानजनक पारिश्रमिकको व्यवस्था गर्नुपर्ने, खानपिन, बसउठ गर्दा कुनै किसिमका ेभेदभाव नहुनेगरी परिवारका अन्य सदस्यहरूसँग गरिने व्यवहारसरह सम्बन्ध विकास गर्नुुपर्ने, बालबालिकालाई घरेलु श्रमिकका रूपमा राख्न नहुने, कुनै किसिमको व्यवसाय वा उद्योग सञ्चालन गर्दा सकेसम्म सामूहिक नेतृत्वमा सञ्चालन गर्नुपर्ने, श्रमजीवीहरूलाई न्यूनतम रूपमा पनि कानुनबमोजिमको पारिश्रमिक, सुविधा र सम्मानपूर्ण व्यवहार गर्नुपर्ने उल्लेख छ ।
समाजमा रहेका कुरीति, रूढीवादी संस्कार, भेदभाव, छुवाछूत र महिलामाथि हुने हिंसाविरुद्ध सधैं खडा हुनुपर्ने, गलत व्यवहार अन्त्य गर्न सांस्कृतिक सचेतना अभियान सञ्चालन गर्नुपर्ने, पार्टी सदस्यले महिला हिंसा र छुवाछूतपूर्ण व्यवहार गरेको प्रमाणित भए तुरुन्तै पार्टीबाट निष्कासन गर्नुपर्ने, ऋण, सापटी वा आर्थिक लनेदेनमा विचार पु¥याएर काम गर्नुपर्ने, भ्रष्टाचार, कालोबजारी, गैरकानुनी कमिसन, करछली, अनियमितताजस्ता अपराध नगर्ने, गर्न नदिने तथा आफूसँग प्राप्त सूचना सरकारलाई उपलब्ध गराउने कर्तव्य निर्वाह गर्न नमुना बन्नुपर्ने पनि आचारसंहितामा उल्लेख छ ।
त्यस्तै, उत्पादनमा सामूहिकता, वितरणमा सामूहिकता र उपभोगमा पनि सामूहिकता कायम गर्न, महिनामा एक दिन गाउ“ वा टोलका सबै परिवारजनका बीच वनभोज वा सहभोज गर्नुपर्ने, त्यस्ता कार्यक्रमहरूमा मद्यपान, धूमपान र छाडा व्यवहार गर्न प्रतिबन्ध नै लगाउनुपर्ने उल्लेख छ । त्यस्तै, प्रत्येक सदस्यले आप्नो दैनिकीमा सादा जीवन र उच्च विचारलाई प्राथमिकतामा राख्नुपर्ने, समाजमा रहेका कुरीति, कुसंस्कार र अन्धविश्वासजस्ता चलन समाप्त गर्न अग्रगण्य भूमिका खेल्नुपर्ने, बालविवाह, बहुविवाह, दाइजो, बोक्सी, छाउपडी, उचनीचि, छुवाछूत, जातपात र जातिभेदजस्ता कुसंस्कार र कुरीति अन्त्य गर्न सक्रियतापूर्वक लाग्नुपर्ने उल्लेख छ ।
आचारसंहिताको पालना नगर्ने तथा पटक–पटक सचेत गराउ“दा पनि नसुध्रने सदस्यलाई कानुनसँग सम्बन्धित सवालमा कानुनबमोजिम, पार्टी अनुशासनसँग सम्बन्धित सवालमा पार्टी विधान, नियमावली र निर्णयबमोजिम कारबाही गर्न भन्दै ओली र प्रचण्डले सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशित पनि गरेका छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply