अख्तियारमा अर्को ‘राजनारायण’ बोक्दै कांग्रेस
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीभित्र देखिएको विवादको असर संवैधानिक निकायको नियुक्तिमा पनि परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका १२ वटा आयोगको नियुक्तिमा असर परेको छ । संविधान जारी भएको चार वर्ष बितिसक्दा पनि यी आयोगमा पदाधिकारी नियुक्ति हुन सकेको छैन । महिला आयोग, दलित आयोग र जनजाति आयोग पूर्ण रूपमा पदाधिकारीविहीन छन् । वित्त आयोग, मधेसी आयोग, थारू आयोग, मुस्लिम आयोगले पनि पूर्णता प्राप्त गर्न सकेका छैनन् । मुस्लिम आयोग, थारू आयोग, मधेसी आयोग र समावेशी आयोगमा एकएकजना मात्र पदाधिकारी छन् ।
यीमध्ये सबैले चासोका साथ लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हो । आयोगमा दुई आयुक्त पदरिक्त छ । २०७४ माघ २९ मा दीप बस्नेतको कार्यकाल सकिएपछि एक आयुक्त पद रिक्त भएको हो । घुसकाण्डको भिडियो सार्वजनिक भएपछि अर्का आयुक्त राजनारायण पाठकले २०७५ फागुन ३ मा राजीनामा दिएपछि रिक्त छ ।
रिक्त आयुक्त पदमा प्रमुख आयुक्त हुनेगरी गृह मन्त्रालयका पूर्वसचिव प्रेमकुमार राईलाई नियुक्ति गर्ने पक्षमा प्रधानमन्त्री केपी शर्मा ओली छन् । नेपाली कांग्रेसको भागमा पनि एउटा आयुक्त दिने पक्षमा ओली छन् । कांग्रेसको भागमा एक आयुक्त पर्ने भएपछि गोपालमान श्रेष्ठले ठूलै रकम डिल गरी राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख दिलीप रेग्मीको नाम सभापति शेरबहादुर देउवालाई थमाएका छन् । त्यति मात्र होइन, मुख्यसचिव लोकदर्शन रेग्मीले समेत देउवा पत्नी आरजुसँग समन्वय गरेर दिलीपलाई अख्तियार पठाउने माहोल बनाइरहेको बुझिएको छ । रेग्मीलाई २०७५ पुस २३ मा ओली सरकारले कार्यक्षमता कमजोर भएको र राष्ट्रका सूचना विदेशी दूतावासमा बिक्री गरेको आरोपमा हटाएको थियो । सभापति देउवाले यसअघि पूर्वएआईजी जयबहादुर चन्द र पूर्वसहसचिव गणेश कार्कीलाई आयुक्त बनाउने आश्वासन दिएको चर्चामा आएको थियो । तर, अहिले एकाएक दिलीप रेग्मीको नाम आयुक्तमा आएपछि कांग्रेस वृत्तमै आश्चर्य मानिएको छ । कांग्रेस समर्थक अवकाश प्राप्त थुपै्रै पूर्वसचिव, पार्टीमै काम गरेका एकसे एक कानुन व्यवसायी, बुद्धिजीवी हुँदाहुँदै राष्ट्रिय अनुसन्धान विभागमा पनि असफल भएर हटाइएका रेग्मीलाई अख्तियारमा लान देउवालाई किन र केका लागि ? यो प्रश्न कांग्रेसभित्र उठेको छ । रेग्मीजस्तालाई अख्तियारमा लगेर अर्को राजनारायण पाठक जन्माउने काममा कांग्रेस लाग्न खोजेको आरोप छ ।
गोपालमान श्रेष्ठले रेग्मीसँग ठूलै रकमको डिल गरी अख्तियारको आयुक्तका लागि देउवालाई दबाब दिएको स्रोतले बताएको छ । पर्वत घर भएका दिलीप रेग्मीलाई आयुक्त बनाउन खिलराज रेग्मी सरकारका महान्यायाधीवक्ता द्रोण रेग्मी पनि लागेका छन् । दिलीप रेग्मी उनका नाताले भाइ भएकाले उनी पनि लागेका हुन् । बाबुराम आचार्यलाई अख्तियारको प्रमुख आयुक्तमा सिफारिस गर्दा द्रोण रेग्मीलाई पनि आयुक्तमा सिफारिस गरिएको थियो । तर, त्यतिबेला तत्कालीन माओवादी केन्द्रका प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ संवैधानिक परिषद्मा नगएका कारण सर्वोच्च अदालतले सिफारिस नै बदर गरिदिएको थियो ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- नयाँ सरकार बनेपछि निराशा हट्दै गएको छ : गृहमन्त्री
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
- निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा आज सुनुवाइ
- एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
Leave a Reply