नयाँ आए पनि ढर्रा पुरानै
काठमाडौं । नेपाल प्रहरीमा केही नयाँपन दिने आशा गरिएका आईजीपी शैलेश थापा क्षेत्रीले पनि पुरानै ढर्रालाई निरन्तरता दिएका छन् । हरेक आईजी पदमा बहाल भएलगत्तै प्रहरीका समग्र गुनासाको कसरी सम्बोधन गर्न सकिन्छ भनेर एक अध्ययन टोलीमार्फत रिपोर्ट लिने गरिन्छ ।
आईजी क्षेत्रीले पनि सातै प्रदेशमा गएर सुझाव र तल्ला तहका गुनासासहितको लिखित रिपोर्ट दिन एक टोली सोमबारबाट खटाएका छन् । पाँचजना एसएसपीको नेतृत्वको टोली देशव्यापी अनुगमनमा पठाएका आईजीले परम्परागत समस्यालाई तत्काल सम्बोधन गर्नेभन्दा पनि पुरानै कर्मकाण्डी पारा औंल्याएको भन्दै आलोचना सुरु भएको छ ।
सो टोलीमा उनले आफ्ना विश्वासी टोली खटाएका छन् । जसमा केदार ढकाल, नवराज भट्ट, दुर्गा सिंह, राजेशलाल कर्ण र देवबहादुर बोहोरा तोकिएको बताइन्छ । नयाँ आईजी आए पनि आफ्ना विश्वासीलाई तल पठाउने र कर्मकाण्ड पूरा गर्ने चलनअनुरूप नै यो मौका दिइएको प्रहरीभित्र चर्चा छ ।
खासगरी उनीहरूले तल्लो तहको मुद्दा शाखामा के–कस्तो काम भइरहेको छ ? कोभिडको बेला कसरी काम गरिरहेका छन् ? समस्या के छ ? बिदा दिने सम्बन्धमा के–कस्ता गुनासाहरू छन् ? यी यस्ता लगायत विषयलाई सूत्रबद्ध गरेर सुझाव दिने गरेको बताइन्छ ।
मूलतः तल्लो तहबाट बिदामा गरिएको भेदभाव, बढुवामा प्रभावकारी ढंगले मापदण्ड पूरा नगरिएको विषय, हाकिमको पेलाइलगायतकै गुनासो हरेक साल नै उस्तै प्रकृतिका गुनासो आउने गरेको बताइन्छ । प्रहरीभित्र बढ्दै गएको निराशालाई कसरी सम्बोधन गर्ने भन्ने सन्दर्भमा काम गरेर ठोस निष्कर्ष दिनुपर्ने टोलीले हरेक वर्षझैं उस्तै खालका सिपाहीका गुनासा टिपेर प्रतिवेदन दिँदैन ठोस उपलब्धि हुन नसक्ने जानकारहरू बताउँछन् । यसका लागि आईजीपी क्षेत्रीमा प्रभावकारी इच्छाशक्तिको आवश्यकता पर्ने प्रहरीहरू बताउँछन् ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply