चापागाईंमाथि २ अर्ब घोटालाको आरोप
काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंविरुद्ध २ अर्बभन्दा बढी आर्थिक घोटाला गरेको आरोप लागेको छ । सो आरोपछि अख्तियारमा उजुरीसमेत परेको छ । चापागार्इंमाथि विभिन्न नौवटा शीर्षकमा आर्थिक अनियमितता गरेको उजुरीसहित अख्तियारमा उजुरी परेको हो । चापागार्इंमाथि कमिसन लिएर नयाँ कम्पनी दर्ता, स्थगतल अध्ययनको प्रतिवेदन लुकाएर लेनदेन गरेको, सम्पत्तिको दुरुपयोग गरेको, मन नपरेका कर्मचारीलाई जथाभावी विभाग हेरफेर गरेकोजस्ता आरोप लागेको छ ।
२०७३ सालमा तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महरा भएका बेला जीवन बीमा, निर्जीवन बीमा कम्पनी दर्ता गर्दा चापागार्ई एकजना बिचौलिया व्यापारीमार्फत झन्डै २ अर्बभन्दा बढी आर्थिक अपचलनमा संलग्न भएको आरोप लागेको थियो । बागलुङको अमलाचौरका चापागाईं नवमाओवादी बन्दै त्यतैतिरका एकजना व्यवसायीको समन्वयमा बिमा समितिको अध्यक्ष हुन सफल भएका थिए । त्यतिबेला १० वटा जीवन र तीनवटा निर्जीवन बिमा कम्पनीलाई अनुमति दिने नाममा झन्डै ५० करोडभन्दा बढी रकम असुलेको आरोप छ । चापागाईंले बिचौलिया व्यवसायीको खुबी देखेपछि कम्पनीको स्थलगत निरीक्षण गर्दा, सवारी साधान गरिद गर्दा, जिल्ला भ्रमण गर्दा, कोरोना बिमालेख जारी गर्दा, नीतिगत कार्य नगरी, समितिको विज्ञापन र कर्मचारीको सरुवा, बढुवा, आन्तरिक प्रणाली र संस्थागत सुशासन पालना गर्ने÷गराउने क्रममा आर्थिक हिनामिना गरी अधिकारको दुरुपयोग गरेको अख्तियारको उजुरीमा उल्लेख छ ।
अध्यक्ष चापागाईले संस्थागत सुशासन कायम गर्नुपर्नेमा आफू नियुक्ति भएलगतै १० वटा जीवन बिमा कम्पनी र तीनवटा निर्जीवन बीमा कम्पनीलाई इजाजतपत्र प्रदान गरी राम्रै कमिसन लिई भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।
असोज ५ गते अख्तियारमा दर्ता भएको उजुरीमा चापागार्इंले १३ वटा नयाँ बीमा कम्पनीलाई सञ्चालन अनुमति दिँदा सय रुपैयाँ पर्ने प्रोमोटर सेयरलाई १ सय १५ रुपैयाँका दरले पैसा उठाएको उल्लेख गरिएको छ । त्यसरी प्रतिसेयर होल्डर र कम्पनीका हिसाबले झन्डै २ अर्ब घोटाला गरेको उल्लेख छ । १० वटा जीवनबीमा कम्पनीलाई इजाजत दिँदा, कम्पनी दर्ता गर्दा प्रतिसेयर १ सय रुपैयाँ प्रोमोटर सेयर हुनुपर्नेमा १ सय १० देखि १ सय २० रुपैयाँसम्म उठाएको र तीनवटा निर्जीबन बीमा कम्पनीलाई इजाजत दिन कम्पनी दर्ता गर्दा प्रोमोटर सेयर १ सय रुपैयाँ हुनुपर्नेमा १ सय १० देखि १ सय १५ रुपैयाँ लिएर आर्थिक हिनामिना गरी अवैध सम्पत्ति आर्जन गरेको अख्तियारमा दायर गरिएको उजुरीमा उल्लेख छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply