सञ्चार मन्त्रालयमा प्रचण्डको जोडबल
काठमाडौं । मन्त्रिमण्डल पुनर्गठनबारे लगातार घनीभूत छलफल चलिरहेका बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधि तथा सञ्चार मन्त्रालयमा जोडबल गरेका छन् । अहिले अर्थ, सहरी विकास र सञ्चार मन्त्रालय रिक्त छ । पार्टी एकीकरणअघि तत्कालीन दुई पार्टीबीच भएको भागबन्डाअनुसार ती तीनओटै मन्त्रालय पूर्वएमाले समूहको भागमा थियो । तर, पछि तत्कालीन संघीय समाजवादी फोरमलाई पनि सरकारमा ल्याइएपछि प्रधानमन्त्री ओलीले सहरी विकास मन्त्रालय उपेन्द्र यादवलाई दिएका थिए र पछि इस्तियाक राई मन्त्री बने ।
यादव नेतृत्वको दल सरकारबाट बाहिरिएपछि भने उक्त मन्त्रालय पूर्वएमाले समूहले नै राख्दै आएको छ । अर्थ मन्त्रालय युवराज खतिवडा र सञ्चार मन्त्रालय गोकुल बाँस्कोटाले चलाएर बिदा भए । तर, अहिले पुनर्गठनको तयारी भइरहँदा तीन मन्त्रालयमध्ये आकर्षक मानिने अर्थ र सहरी विकास मन्त्रालय छाडेर प्रचण्डले लगातार सञ्चारमा अडान राख्दै आएको उच्च स्रोतले जनाएको छ । पूर्वएमालेको भागमा रहेको मन्त्रालय त्यो पनि अरू आकर्षक मन्त्रालय छाडेर लगातार प्रचण्डले सञ्चारमा अडान राख्नुलाई नेकपा पंक्तिमा मात्र होइन, सबैतिर आश्चर्यका रूपमा लिइएको छ ।
त्यसै पनि पिन्टिङ मेसिन खरिदमा विवादमा तानिएर बाँस्कोटाले राजीनामा दिएका कारण उक्त मन्त्रालय सम्हाल्ने विषयमा सर्वत्र चासो छ । तर पनि जस्तासुकै जोखिमको पनि बेवास्ता गर्दै प्रचण्डले त्यसैमा जोडबल गरिरहेका छन् । सामान्यतया सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीले विश्वासपात्र व्यक्तिलाई मात्र सञ्चार मन्त्रालयको जिम्मेवारी दिने चलन छ । तर, प्रचण्डले भने त्यहाँ जनाद्र्धन शर्मालाई पठाएर व्यवस्थापन गर्न खोजेका छन् । जबकि शक्ति अभ्यास र विकासका हिसाबले कमजोर मन्त्रालय भएकाले शर्मा स्वयंले त्यसमा अरुचि राखे पनि प्रचण्डले कतै भावी दिनमा हुने टेन्डर, सञ्चारको लाइसेन्स वितरणतिर त रुचि राखेका छैनन् भन्ने गम्भीर आशंकासमेत गरिएको छ । अर्कातिर बाँस्कोटाले आफूलाई हटाउन ‘प्रचण्ड’ले भूमिका खेलेको खुलेआम बताउँदै आएको परिप्रेक्ष्यमा पनि अर्को जोखिम मोल्न खोजेका छन् । यद्यपि, बाँस्कोटाको त्यही आरोपलाई पुष्टि गरेर बदला लिनकै लागि पनि कतै प्रचण्डले पूर्वमाओवादीले पाउनुपर्ने भन्दै अडान राखेका हुन् कि भन्ने आशंका पनि गरिएको छ ।
नेकपाका शीर्ष नेताहरूले नै त्यही मन्त्रालयका लागि प्रचण्डले पार्टी र सरकारलाई विधि र पद्धतिबाट चलाउने तथा धेरै मन्त्री फेरबदल गर्नेगरी पुनर्गठन गर्ने स्थायी समितिको स्प्रिटलाई परित्याग गरेको अर्थमा पनि बुझेका छन् । प्रचण्डले भने प्रधानमन्त्रीका विश्वासपात्र बाँस्कोटालाई पुनः त्यही मन्त्रालयमा मन्त्री बन्ने बाटो बन्द गरेर आफूले ओलीलाई झुकाएको सन्देश पार्टी पंक्तिलाई दिन पनि कस्सिएर जोडबल गरिरहेको अनुमान गरिएको छ । एकाथरी मान्छेहरूले भने पछिल्ला दिनमा सञ्चार उद्यमीसमेत रहेका अजेय सुमार्गीको डिजाइनअनुसार प्रचण्डले सञ्चारमै अन्तिमसम्म जोडबल गरिरहको टिप्पणी पनि गरेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply