चार्टर विमानबाट भोलि बंगलादेश जाँदै राष्ट्रपति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी भोलि (सोमबार) चार्टर विमानमार्फत ३९ जनाको टोलीसहित बंगलादेश भ्रमणमा निस्किँदै छिन् । नेपाल वायुसेवा निगमको न्यारोबडी विमान चार्टर गरेर भण्डारी सोमबार बंगलादेशको दुई दिने राजकीय भ्रमणमा ढाका जान लागेकी हुन् ।
निगमको दुई न्यारोेबडी विमानमध्ये लुम्बिनीले राष्ट्रपतिसहितको टोलीलाई बिहान पौने ९ बजे काठमाडौंबाट बंगलादेश पुर्याउने स्रोतले जानकारी दिएको । मंगलबार अर्को न्यारोबडी सगरमाथाले ढाकाबाट काठमाडौं ल्याउनेछ ।
‘पहिलो दिन राष्ट्रपतिसहितलाई ढाका छाडेर विमान रित्तै फर्किने छ’, निगमका अधिकारीले भने, ‘दोस्रो दिन काठमाडौंबाट रित्तै गएर ढाकाबाट राष्ट्रपतिसहितको राजकीय भ्रमणमा रहेका ३९ जनालाई लिएर आउनेछ ।’ चार्टर भाडाभन्दा ग्राउन्ड ह्यान्डलिङ (पार्किङ) महँगो पर्ने भएपछि निगमले परराष्ट्र मन्त्रालयमार्फत मिनाहाका लागि अनुरोध गरेको अधिकारीले जानकारी दिनए । ढाकामा पार्किङबापत ३० हजार डलर लाग्ने बताइएको छ ।
ब
बंगलादेशमा भण्डारीको दुई दिने व्यस्त कार्यतालिक छ । भण्डारी बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको सतवार्षिकी जन्म जयन्तीमा सहभागी हुने कार्यक्रम रहेको छ ।
बंगलादेशले रहमानको सतवार्षिकी कार्यक्रम एक हप्तासम्म विभिन्न कार्यक्रम गरेर मनाउँदैछ । सो कार्यक्रममा भण्डारी नेपाल–बंगलादेश सम्बन्धको बारेमा प्रवचन दिने कार्यक्रम छ । त्यसैगरी भण्डारीले बंगलादेशका समकक्षी मोहमद अब्दुल हमिदसँग विभिन्न दुई पक्षीय विषयमा कुराकानी गर्ने कार्यक्रम छ ।
त्यसैगरी भण्डारी समकक्षीले आयोगजना गर्ने रात्रिभोजमा सहभागी हुने छिन् । त्यसैगरी राष्ट्रपति भण्डारीले त्यहाँको सहिद स्मारिकको भ्रमण गर्ने कार्यक्रम रहेको छ । ढाकास्थित नेपाली दूतवास भ्रमण गरी त्यहाँ रहेका नेपाली समुदायसँग भेट गर्ने कार्यसूची पनि रहेको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply