बढ्यो वायु प्रदूषण, धनगढीमा सबैभन्दा बढी
काठमाडौँ । सोमबार काठमाडौं उपत्यकासहित देशभर वायु प्रदूषण फेरि बढेको छ । सोमबार विहानदेखि घाम लागेको छैन भने काठमाडौंसहित देशका अधिकांश ठाउँमा तुवालो लागेजस्तो भई वातावरण धमिलो देखिएको छ ।
सोमबारको वायु प्रदूषणमा पनि आँखा पिरो हुने समस्या देखिएको छ । अहिले सुदूरपश्चिमको कैलाली र मध्य क्षेत्रको चितवनको वायु प्रदूषण बढी छ । धनगढीमा वायु प्रदूषणको मात्रा ४२९ एक्युआई ९एयर क्वालिटी इन्डेक्स० सम्म पुगेको छ । त्यस्तै चितवनको सौराहामा ३०८, भरतपुरमा २८३, सिमरामा २६० एक्यूआई रहेको छ ।
त्यस्तै काठमाडौंको रत्नपार्कमा वायु प्रदूषणको मात्रा २२३ एक्युआई, भैंसेपाटीमा २१६, कीर्तिपुरमा १९७, भक्तपुरमा १९६ एक्युआई रहेको छ । वायु प्रदूषणको मात्रा ५० एक्यूआई भन्दा बढी भएमा खतरा मानिन्छ ।
वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले डढेलोका कारण धनगढी र सौराहाको वायूमा अधिक प्रदूषणको मात्रामा भेटिएको बताए । उनका अनुसार काठमाडौँ उपत्यकाको आकाशमा वायुको गुणस्तर सूचकांक कम हुँदै गएको छ ।
जोशीले भने, ‘काठमाडौँ उपत्यकाको आकाशमा वायुको गुणस्तर सूचकांक क्रमश कम हुँदै गएको छ। तर कीर्तिपुरमा भने केही बढी देखाएको छ । त्यो जंगलमा लागेको डढेलोको कारण हो ।
अघिल्लो हप्ता पनि काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण बढेको थियो । तर हल्का वर्षा भएपछि मौसम सफा देखिएको थियो ।
पानी पर्ने सम्भावना कम
मौसम बदली भए पनि अहिले पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
मौसमविद् समीर श्रेष्ठले भने काठमाडौँ उपत्यकासहित देशभर पानी पर्ने सम्भावना निक्कै कम छ । तर पश्चिम पहाडी भेग कर्णाली, गण्डकी र लुम्बिनीमा हल्का वर्षा हुन सक्छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply