देशमा बडाहाकिमको शासन : राधेश्याम अधिकारी
१७ असार, काठमाडौं। नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले नागरिकले अहिले राणाकालीन बडाहाकिमको जस्तो शासन व्यहोर्नु परिरहेको बताएका छन् ।
आजबाट शुरु भएको राष्ट्रिय सभामा बोल्दै सासद अधिकारी प्रमुख जिल्ला अधिकारीमार्फत कहिलेसम्म शासन चल्छ भन्दै प्रश्न गरेका छन् । सांसद अधिकारीले राष्ट्रियसभामा राष्ट्रपति र प्रधानमन्त्रीको भूमिकाप्रति प्रश्न उठाएका हुन् । उनले सरकारले ४५ लाखभन्दा बढी खोप उपलब्ध गराउन नसकेको बताउँदै त्यो खोप २० लाख जनसंख्याका लागि मात्र ठीक भएको बताए । ७ दशमलव ५ प्रतिशतले जनताले मात्र खोप लगाउन पाएको भन्दै उनले १० लाख खोप मात्र खरिद गरेको उल्लेख गरे ।
कोरोनाविरुद्धको खोप ल्याउने भनेर जतिसुकै प्रचार गरे पनि सरकार असफल भएको उनले बताए । ‘खोप ल्याउने भनेर सरकारले जति प्रचार गरे पनि खोप ल्याउन नसकेको तीतो यथार्थ हो । यसले हाम्रो कुटनीतिक प्रयास कस्तो रहेछ भन्ने यसले देखाउँछ’, अधिकारीले भने, ‘कोभिडकालमै तीन पटक स्वास्थ्यमन्त्री फेरिएको छ । सीसीएमसीको पुनर्गठन गरेर सेनाका अवकासप्राप्त जर्नेललाई जिम्मा दिन परेको छ । कोरोना खोपमा राजनीतिक नेतृत्व फेल भएको छ ।’
पहिलो पटक प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले एकमतले अस्वीकार गरेको अवस्थामा फेरि विघटन गरेर उनले बताएका छन् । राजनीतिक र संवैधानिक कुरा मिसियो भने त्यो अदालतले हेर्ने उनको भनाई छ । विदेशमा कोरोनाको समयमा भएका निर्वाचनलाई देखाएर यहाँ पनि गर्न सकिन्छ भन्न नमिल्ने उनले बताए । कोभिडबारे सरकारको प्रक्षेपण के छ ? भन्दै उनले प्रश्न गरेका छन् ।
सरकार उल्टो दिशामा हिँडेको अधिकारीको आरोप लगाएका छन् । ‘प्रधानमन्त्रीले जनताको संसदलाई विश्वास गर्नु भएन । आफ्नो पार्टीलाई जोगाउन सक्नु भएन । आफ्ना सहयोगीलाई समेट्न नसक्नेले प्रतिपक्षीलाई कसरी समेट्नु होला मलाई विश्वास छैन’, उनले भने । प्रधानमन्त्रीका कारण राष्ट्रपतिको गरिमा घटेको उनले बताए । राष्ट्रपतिको प्रतीरक्षा प्रधानमन्त्रीले गरेर मात्र पुग्ला र ? उनले प्रश्न गरे ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply