काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप्ने तयारी
२० असार, काठमाडौ । काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी भइरहेको छ । कोरोना भाइरस संक्रमण महामारी मत्थर भए पनि पूर्णरुपमा नियन्त्रणमा आइनसकेको ठहर गर्दै थप एक साता निषेधाज्ञा थप्ने तयारी भएको हो ।
उपत्यकामा निषेधाज्ञा थप्ने विषयमा छलफल गर्न आज (आइतबार) दिउँसो ३ बजे तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारी (सीडीओ) को संयुक्त बैठक बस्ने तयारी भइरहेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिएका छन् ।
‘आज ३ बजे हामी बैठक बस्दैछौं,’ सीडीओ भट्टराईले भने, ‘साँझ ५ बजेसम्ममा निर्णय सार्वजनिक गर्छाैं ।’ उनका अनुसार थप क्षेत्र खुला गर्ने विषयमा विज्ञहरूसँग सरसल्लाह भइरहेको छ ।
यसअघि घोषित निषेधाज्ञाको अवधि सोमबार राति १२ बजेबाट सकिंदैछ । पछिल्लो पटक थपिएको निषेधाज्ञामा २५ वटाभन्दा बढी सिट भएका सार्वजनिक बसलाई जोर–बिजोर प्रणालीका आधारमा सञ्चालन हुन दिइएको छ भने खाद्यपसल बिहान ६ बजेदेखि तथा अन्य पसल पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खुला गरी सहज बनाइएको छ ।
यस पटक थपिने निषेधाज्ञा अझ खुकुलो बनाउने तयारी भइरहेको हो । काठमाडौं उपत्यकामा गत वैशाख १६ मा शुरु निषेधाज्ञा पकट पकट अवधि थपेर लम्ब्याउने क्रम जारी छ । तर क्रमशः खुकुलो पनि बनाउँदै लगिएको छ । कोरोना संक्रमण नियन्त्रण भइनसकेकाले निषेधाज्ञा हटाइहाल्ने अवस्था नरहेको उपत्यकाका सीडीओहरूले बताएका छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply