प्रतिनिधि सभा विघटनबारेको बहस आज सकिँदै
२१ असार, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी बहस आज (सोमबार) सकिँदै छ। रिट निवेदक पक्षका अधिवक्ताले आइतबार सुरु गरेको जवाफी बहस आज सकिने भएको हो ।
उनीहरूका लागि तोकिएको ३ घण्टामध्ये अब २ घण्टा समय बाँकी छ। आइतबार रमन श्रेष्ठले एक घण्टा बहस गरेका हुन्। अब आज बाँकी समयमा वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले बहस गर्नेछन् ।
जवाफी बहस सकिएपछि अदालतको सहयोगी एमिकस क्युरीले आजै राय दिनेछ। त्यसका लागि २ घण्टा समय तोकिएको छ। एमिकस क्युरीका तर्फबाट नेपाल बार एसोसियसनका २ र सर्वोच्च बारका २ वरिष्ठ अधिवक्ताले राय राख्नेछन् ।
सुरुमा निवेदक पक्षले १२ घण्टा बहस गरे। त्यसपछि विपक्षी राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट १४ घण्टा बहस भयो भने रिट निवेदनकै विपक्षी तर रिटका पक्षधर सभामुखका तर्फबाट २ घण्टा बहस भएसँगै सुनुवाइ सकिन लागेको हो ।
राष्ट्रपतिले प्रधानमन्त्री नियुक्तिका लागि परेका दुवै (ओली र देउवाको) दाबी गत जेठ ७ गते अस्वीकृत गरेकी थिइन्। त्यही मध्यराति सरकारको सिफारिसमा उनले प्रतिनिधि सभा विघटन गरेपछि सर्वाेच्च अदालतमा मुद्दा परेको हो ।
सोमबार बहस सकिए पनि फैसला आउन भने केही दिन लाग्ने अनुमान गरिएको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply