देउवा सरकारको पहिलो निर्णय: सबै नागरिकलाई कोभिडको खोप
३० असार,काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले सबै नागरिकलाई कोभिडको खोप सहज उपलब्ध गराउने निर्णय गरेको छ।
राष्ट्रपति विद्या भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिइसकेपछि सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको थियो। बैठकले जतिसक्दो छिटो सबै नागरिकको पहुँचमा खोप पुर्याउने निर्णय गरेको हो।
यस्तै बैठकले सरकारको प्रवक्तामा कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई चयन गरेको छ।
मंगलबार प्रधानमन्त्रीमा देउवासहित ४ जना मन्त्रीहरुले शपथ लिएका लिएका थिए। गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाल र कानुनमन्त्री कार्कीसम्मिलित मन्त्रिपरिषद् बैठक केहीबेर बसेको थियो।
बढीमा २५ सदस्यीय मन्त्रीपरिषद् बनाउन सकिने कानुनी प्राबधान छ। अरु मन्त्रीहरु एक दुई दिनमा नै थपिसक्ने तयारी गठबन्धनले गरेको छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply