मध्यरातमा संसद अधिवेशन अन्त्य, अध्यादेशबाट बजेट
१ साउन, रूपन्देही । लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन बिहीबार मध्यरातदेखि अन्त्य भएको छ । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख धर्मानन्द यादवले हिजाे राती नै अधिवेशन अन्त्यको घोषणा गरेका हुन् ।
प्रदेशसभामा पेश भएको बजेट सहमति पास गर्नका लागि सत्तारूढ दलले मागेको समय दिन विपक्षी गठबन्धन तयार नभएपछि शुक्रबार साँझ एमालेले सदन बहिष्कार गरेर हिंडेको थियो ।
एमालेले बहिष्कार गरेपछि केही समय स्थगित भएको प्रदेशसभा पछि सूचना टाँसेर आज (शुक्रबार) दिउँसो १ बजेसम्मका लागि स्थगित भएको थियो ।
शुक्रबार राति मन्त्री परिषद बैठक बसेर संसद स्थगित गर्ने निर्णय गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवलाई सदन अन्त्य गर्न सिफारिस गरेको थियो । सरकारको सिफारिसलाई प्रदेश प्रमुख यादवले संविधानको धारा १९३ को उपधारा २ बमोजिम भन्दै आठौं अधिवेशन अन्त्य गरेका छन् ।
यो सँगै लुम्बिनीको बजेट अध्यादेशबाट आउने भएको छ । सदनमा सहकार्य गर्न, सहमति गर्न प्रतिपक्ष तयार नभएकाले बाध्य भएर सरकारले यो बाटो रोजेको एमाले सचेतक भूमिश्वर ढकालले बताए ।
कर्णाली प्रदेशमा पनि अध्यादेशबाट बजेट सार्वजनिक गरिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply