साउन १५ सम्ममा ३२ लाख डोज खोप आउँछ – स्वास्थ्य मन्त्रालय
२ साउन काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आउँदो साउन १५ गतेसम्ममा ३२ लाख डोज भेरोसेल खोप नेपाल आइसक्ने जनाएको छ ।
अबको दुई सातासम्ममा चीनबाट ३२ लाख डोज खोप नेपाल आउने जानकारी दिँदै खोप अभियान निरन्तर अघि बढाइने मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले बताएका छन् । ‘१८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिने योजना सरकारको छ । त्यसका लागि खोप व्यवस्थापनको काम भइरहेको छ । यही साउन १५ गतेसम्म ३२ लाख भेरोसेल खोप नेपाल आइसक्नेछ, डा.अधिकारीले सार्वजनिक सूचना जारी गर्दै भनेका छन् ।
त्यस्तै कोभिसिल्ड खोपको पहिलो डोज लगाएका ६५ वर्षभन्दा माथिका नागरिकका लागि छिट्टै दोस्रो डोज दिने योजना समेत सरकारले बनाएको अधिकारीले बताएका छन् । ‘चरणबद्ध तरिकाले प्राथमिकता प्राप्त वर्गहरुलाई खोप लगाइने छ,’ स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ६५ वर्ष माथिका सबै नागरिकलाई दोस्रो मात्रा खोपको व्यवस्था भइसकेको छ । केही दिनमै ती खोपहरु प्राप्त हुनेछन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply