साउन १५ सम्ममा ३२ लाख डोज खोप आउँछ – स्वास्थ्य मन्त्रालय
२ साउन काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आउँदो साउन १५ गतेसम्ममा ३२ लाख डोज भेरोसेल खोप नेपाल आइसक्ने जनाएको छ ।
अबको दुई सातासम्ममा चीनबाट ३२ लाख डोज खोप नेपाल आउने जानकारी दिँदै खोप अभियान निरन्तर अघि बढाइने मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले बताएका छन् । ‘१८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिने योजना सरकारको छ । त्यसका लागि खोप व्यवस्थापनको काम भइरहेको छ । यही साउन १५ गतेसम्म ३२ लाख भेरोसेल खोप नेपाल आइसक्नेछ, डा.अधिकारीले सार्वजनिक सूचना जारी गर्दै भनेका छन् ।
त्यस्तै कोभिसिल्ड खोपको पहिलो डोज लगाएका ६५ वर्षभन्दा माथिका नागरिकका लागि छिट्टै दोस्रो डोज दिने योजना समेत सरकारले बनाएको अधिकारीले बताएका छन् । ‘चरणबद्ध तरिकाले प्राथमिकता प्राप्त वर्गहरुलाई खोप लगाइने छ,’ स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ६५ वर्ष माथिका सबै नागरिकलाई दोस्रो मात्रा खोपको व्यवस्था भइसकेको छ । केही दिनमै ती खोपहरु प्राप्त हुनेछन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply