७ श्रावण २०७८, बिहीबार ११:०८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
माधव पक्षलाई ओलीको आग्रह आममाफी भयो, आउनुस् मिलेर काम गरौँ

७ साउन । काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षतर्फ लक्षित गर्दै उनीहरू पार्टीमा आए आममाफी दिने बताएका छन् । ओलीले सँगै मिलेर काम गर्नेसमेत बताएका छन् ।
पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सबैलाई पार्टीमा फर्किन र मिलेर काम गर्न आग्रह गरेका छन्।
ओलीले भने, ‘बाटो बिराएका, भड्किएका साथीहरूलाई पनि भन्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टि इज ग्रान्टेड ।
ओलीले अब विवाद छाडेर पार्टी एकताको कुरा गर्न पनि आह्वान गरे । ‘हामी को कहाँ छौँ, त्यो कुरा छाडिदिऊँ देश र जनताको कुरा गरौँ,’ उनले भने, अब विवाद छाडौँ पार्टी एकताको कुरा गरौँ ।
तत्कालीन नेकपा रहँदा साधारण सदस्यबाटै आफूलाई निस्कासन गरिएको स्मरण गर्दै ओलीले भने, ‘अब त्यो बाटोमा नजाऊँ, हामी सबै एकसाथ अघि बढौँ
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply