ओलीप्रति माधव नेपालको कटाक्ष महाराजधिराजबाट आममाफी घोषणा भयो, हामी गदगद
८ साउन काठमाडौं । नेकपा एमाले का वरिष्ठ नेता माधवकुमार नेपालले आममाफीको घोषणा गरेको विषयलाई लिएर अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् ।
शुक्रबार पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपालले ओलीलाई ‘महाराजधिराज’को संज्ञा दिए । उनले भने, ‘हिजो महामहिम श्री ५ महाराजधिराबाट अभिव्यक्ति आयो माधव नेपालसहित मान्य सदस्यहरुलाई जति पनि स्पष्टीकरण सोधिएको छ, त्यसलाई आम माफी दिइन्छ । एम्नेष्टि इज ग्रान्टेड ।
कटाक्षपूर्ण भनाइमा नेपालले थपे, ‘कति हामी गदगद भयौं । महाराजधिराजबाट उवाच । हामी गदगद भयौं वाह वाह । महाराजधिराज कति खुसी भए छन्, हामीलाई आम माफी दिँदै छन् । नाँच्नुपर्ने भयो । यही हो प्रगति यहीलाई कम्युनिष्ट प्रवृत्ति भनिन्छ ।
नेता नेपालले स्पष्टीकरण सोध्नु गल्ती थियो भनेर भन्नुपर्नेमा ओलीले त्यसो नगरेको टिप्पणी गरे। स्पष्टीकरण सोध्नु गल्ती भयो, हतार गरेँ, मैले फिर्ता लिएको छु भनेको भए के हाइट घट्थ्यो उनले भने, ‘मर्यादा घट्यो डोरी जल्यो तर बाँधिएको गाँठो उस्ताको उस्तै छ । यस्तो पनि हुन्छ ।
सत्ताबाट बाहिरिएपछि पनि ओलीको शैलीमा सुधार नआएको नेपालको ठम्याइ छ । उनले भने, ‘मान्छे सुध्रिएलान भन्यो । आज सुध्रिन्छन कि भन्या छ भोलि सुध्रिन्छन कि भन्या छ । केही नबोलेर हिजो मीठो(मीठो शब्द पनि मैले बोलेँ पुष्पलाको कार्यक्रममा । ख्याल गरेर बोलेको छु । जिब्रोले बोल्दी पो हाल्लाकी भन्ने कत्रो चिन्ता बादशाहलाई घोडाबाट तल झारेपछि पनि नहुने रहेछ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply