कोरानाको अर्को खतरनाक भेरिएन्ट भेटियो, भारतमा अलर्ट जारी
१० साउन काठमाण्डौ । कोरोना भाइरसको फेरि अर्को खतरनाक नयाँ ‘भेरिएन्ट’ देखापरेपछि वैज्ञानिक चिन्तामा परेका छन्।
पछिल्लो हप्ता अमेरिकामा कोरोनाको डेल्टा–३ भेरिएन्ट भेटिएको वैज्ञानिकले बताएका छन्।
यो नयाँ भेरिएन्ट डेल्टाको तुलनामा अत्यधिक फैलिने क्षमताको मात्र नभएर खोप लगाएका मानिसलाई पनि पुनः संक्रमण सक्ने खालको भएको वैज्ञानिकको भनाइ छ।
यो भेरिएन्ट छिमेकी मुलुक भारतमा देखापरिसकेको त छैन तर जिन सिक्वेन्सिङ गरिरहेको इन्साकग कमिटीले अलर्ट जारी गरेको भारतीय सञ्चारमाध्यले जनाएका छन्। त्यहाँका नागरिकलाई उच्च सतर्कता अपनाउन भनिएको छ।
नयाँ दिल्लीस्थित आईजीआईबीका वैज्ञानिक डा। विनोद स्कारियाले भनेका छन्, ‘भाइरस उत्परिर्वतन म्युटेसन भएपछि एवाई–३ भेरिएन्ट फेला परेको छ, जसलाई डेल्टा–३ पनि भनिन्छ। यस विषयमा भारतमा व्यापक निगरानी थालिएको छ।’
यसअघि कोरोनाका धेरैथरी भेरिएन्ट फेला परिसकेका छन्। यो पछिल्लो भेरिएन्ट भएको वैज्ञानिकले बताएका छन्।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
Leave a Reply