असोज–कातिकमा कोरोनाको तेस्रो लहर आउन सक्छ, दुई लाख संक्रमित थपिन सक्छन्
११ साउन काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आउँदो असोज–कातिक महिनाभित्रमा कोरोनाको तेस्रो लहर भित्रिन सक्ने भन्दै सतर्कता गराएको छ । मन्त्रालयले आगामी पाँच महिनामा नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या झण्डै दुई लाख पुग्ने अनुमान गरेको छ ।
मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका प्रयासहरूको संक्षिप्त विवरण तथा आगामी कार्यदिशा प्रस्तुत गर्दै यस्तो प्रक्षेपण गरेको हो ।
मन्त्रालयका सहसचिव गंगा लोहनीले समितिमा जनाएअनुसार हालको स्थिर अवस्थालाई हेर्दा आगामी पाँच महिनामा एक लाख ९३ हजार ८५६ नयाँ संक्रमित थपिने सम्भावना छ ।
तीमध्ये ३८ हजार ७७१ जनालाई अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने र तिनमा पनि ९ हजार ७९३ जनालाई सघन उपचार गर्नुपर्ने सम्भावना औंल्याइएको छ । कोरोनाको सम्भावित तेस्रो लहरमा बालबालिका तथा खोप लगाउन नपाएका व्यक्तिहरु बढी जोखिममा पर्ने सम्भावना रहेको पनि मन्त्रालयले प्रस्ट पारेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply