राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
१३ साउन, सिन्धुलीगढी। राष्ट्रपति विद्यादेवी भण्डारीले आज बुधबार सिन्धुलीगढीमा रहेको नेपालकै पहिलो सिन्धुलीगढी युद्ध संग्राहलयको उदघाटन गर्दैछिन् । नेपाली सेनाले एकीकरण मार्गको चाहना राष्ट्रिय एकताको भावना भन्ने मुल नाराका साथ एकीकरण मार्ग अन्तर्गतका इतिहास र एैतिहासिक धरोहरको संरक्षण र संवर्द्धन गर्दै आएकोमा युद्ध कला संग्रहालय एक रहेको छ ।
कमलामाई नगरपालिकासँगको सहकार्यमा निर्माण सम्पन्न सिन्धुलीगढी युद्ध संग्रहालय निर्माण भएको हो । २४ कात्तिक ०७६ मा उपप्रधान तथा रक्षा मन्त्रीले शिलान्यास गरी निर्माण कार्य प्रारम्भ भएको थियो । ६ करोड ५० लाखको लागत र करिब डेढ वर्षको अवधिमा सम्पन्न भएको संग्रहालय ६ हजार २७५ स्क्वायर फिटमा फैलिएको छ ।
२५ असोज १८२४ मा आधुनिक नेपालका प्रणेता राष्ट्रपिता पृथ्वीनारायण शाहको राजनैतिक सोच साथै सैनिक कुशलताका कारण शक्ति सम्पन्न ईष्ट इण्डिया कम्पनीको विशाल फौजलाई विफल पारिएपछि नेपाल एकीकरण सम्भव भएको थियो ।
संग्रहालयमा लोपोन्मुख तथ्यपरक ऐतिहासिक घटनाक्रम, वीर योद्धाको परिचय र तत्कालीन समयमा प्रयोग भएका हातहतियार राखिएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply