राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
१३ साउन, सिन्धुलीगढी। राष्ट्रपति विद्यादेवी भण्डारीले आज बुधबार सिन्धुलीगढीमा रहेको नेपालकै पहिलो सिन्धुलीगढी युद्ध संग्राहलयको उदघाटन गर्दैछिन् । नेपाली सेनाले एकीकरण मार्गको चाहना राष्ट्रिय एकताको भावना भन्ने मुल नाराका साथ एकीकरण मार्ग अन्तर्गतका इतिहास र एैतिहासिक धरोहरको संरक्षण र संवर्द्धन गर्दै आएकोमा युद्ध कला संग्रहालय एक रहेको छ ।
कमलामाई नगरपालिकासँगको सहकार्यमा निर्माण सम्पन्न सिन्धुलीगढी युद्ध संग्रहालय निर्माण भएको हो । २४ कात्तिक ०७६ मा उपप्रधान तथा रक्षा मन्त्रीले शिलान्यास गरी निर्माण कार्य प्रारम्भ भएको थियो । ६ करोड ५० लाखको लागत र करिब डेढ वर्षको अवधिमा सम्पन्न भएको संग्रहालय ६ हजार २७५ स्क्वायर फिटमा फैलिएको छ ।
२५ असोज १८२४ मा आधुनिक नेपालका प्रणेता राष्ट्रपिता पृथ्वीनारायण शाहको राजनैतिक सोच साथै सैनिक कुशलताका कारण शक्ति सम्पन्न ईष्ट इण्डिया कम्पनीको विशाल फौजलाई विफल पारिएपछि नेपाल एकीकरण सम्भव भएको थियो ।
संग्रहालयमा लोपोन्मुख तथ्यपरक ऐतिहासिक घटनाक्रम, वीर योद्धाको परिचय र तत्कालीन समयमा प्रयोग भएका हातहतियार राखिएका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply