आज एमाले माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै,सरकारमा सहभागी होला त ?
२१, साउन काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक आज (बिहीबार) बस्दै छ । आज बस्ने बैठकले सरकारमा जाने अथवा नजाने औपचारिक निर्णय गर्ने नेताहरूले बताएका छन् ।
नेपाल समूहले केन्द्रीय कमिटीबाट औपचारिक निर्णय गरेपछि शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको काम थाल्ने तयारी गरेका छन् । देउवालाई विश्वासको मत नदिएका नेपाल समूहका नेताहरू सरकारमा जान नहुने पक्षमा छन् । उनीहरूले पार्टी एकता गरेर जानुपर्नेमा जोड दिइरहेका छन् ।
तर, तेस्रो तहका नेता तथा सांसदहरू भने सरकारमा सहभागी हुनुपर्ने भन्दै नेता नेपाललाई दबाब दिइरहेका छन् ।
यही द्वन्द्वकाबीच औपचारिक निर्णय गर्न नेपाल समूहले केन्द्रीय कमिटी बैठक डाकेको हो । खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बिहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बस्ने छ ।
खनाल–नेपाल समूह सरकारमा सहभागी भए खनाल–नेपाल समूह र माओवादी केन्द्रलाई बराबरी ६÷६ मन्त्रालय बाँड्ने तयारी भएको छ । जसपालाई ४ तथा कांग्रेसलाई ८ मन्त्रालय पर्ने देखिएको छ ।
यसैबीच,एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आज बोलाएको बैठकमा सहभागी नहुन अध्यक्ष केपी शर्मा ओली पक्षले अपिल गरेको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आज केन्द्रीय कमिटी बैठक नबोलाइएको बताएका छन् । नेता नेपालले आज केन्द्रीय कमिटीको बैठक बोलाएपछि एमालेले आज पार्टीको तर्फबाट बैठक नबोलाइएको स्पष्ट पारेको हो ।
तामाङले निकालेको वक्तव्यमा लेखिएको छ – ‘पटक–पटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र यस गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन, पार्टी विधान विपरीत हुने भएकाले यस गतिविधिमा नलाग्न पार्टी कार्यकर्ताहरूमा अपिल गर्दछु ।’
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply