कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज पनि
३० साउन,काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शनिबार पनि बस्दैछ । शनिबार दिउँसो २ बजे सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
केन्द्रीय कार्यसमितिको बिहीबारदेखि जारी रहेको छ । पौडेलका अनुसार बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुनेछ । महाधिवेशनका लागि निर्वाचन निर्देशिका आवश्यक रहेकोले त्यसबारे पनि केन्द्रीय समितिमा छलफल भइरहेको छ ।
सत्तासीन कांग्रेसमा महाधिवेशन सार्ने कि नसार्ने भनेर विवाद देखिएको छ । सभापति देउवाले मंसिरमा महाधिवेशन गर्न राखेको प्रस्तावमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएका छन् । शुक्रबारको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको एक महिनासम्म मन्त्रिमण्डल विस्तार नहुँदा कांग्रेस केन्द्रीय समितिको बैठकमा प्रश्न उठेको छ । केन्द्रीय सदस्यहरुले महिना दिनसम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा प्रधानमन्त्री एवम् सभापति देउवाको ध्यानाकर्षण गराएका हुन् ।
बैठकमा बोल्दै केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई सरकारका काम कारबाहीमा प्रभाव परेकोतिर ध्यानाकर्षण गराए । कोइरालाले मन्त्रिपरिषद् विस्तारमा गरेको ढिलाइबारे बोल्दै, प्रधानमन्त्री भएको एक महिना भयो । १५ मन्त्रालय नेतृत्वविहीन छ । यस्तो अवस्थाले कसरी सरकार सञ्चालन गर्नहुन्छ ।
कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले सामुहिक राजीनामाको घोषणा गरेका छन् । कांग्रेसको विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई क्षेत्रीय प्रतिनिधि सरह अधिकार नदिएकोमा असन्तुष्टि जनाउँदै उनीहरुले शुक्रबार दिउँसो राजीनामा घोषणा गरेका हुन् ।
्
केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकले सभापतिमा उम्मेदवारी दर्ता गर्न ३० हजार रुपैयाँदेखि वडा सदस्यको १ सय रुपैयाँ शुल्क प्रस्ताव गरेको छ । बैठकमा कांग्रेसको निर्वाचन समितिले पेश गरेको निर्वाचन निर्देशिका प्रतिवेदनम उम्मेदवारी दिनका निम्न शुल्क प्रस्ताव गरिएको छ ।
मनोनयनदर्ता शुल्क, सभापति ३० हजार, उपसभापति तथा महाममन्त्री २५ हजार, सहमहामन्त्री २० हजार, केन्द्रीय सदस्य १० हजार, प्रदेश महाधिवेशन प्रतिनिधि ३ हजार, केन्द्रीय महाधिवेशन प्रतिनिधि ५ हजार, केन्द्रीय सदस्य ७ हजार, वडा सदस्य १ सय शुल्क प्रस्ताव गरिएको हो ।
्
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply