प्रदेश–२ मा एमाले भन्दा एमाले समाजवादी बलियो रहेको दावी
४ भदौं, जनकपुरधाम। नेकपा एमाले विभाजनसँगै यसको असर प्रदेश–२ मा पनि परेको छ । सात प्रदेशमध्ये प्रदेश–२ मा एमाले विभाजित भएपछि केपी शर्मा ओली समूहलाई ठूलो क्षति भएको दावी गरिएको छ । प्रदेश–२ मा नेपाल एमाले भन्दा एमाले समाजवादी बलियो रहेको स्थानीय नेताहरुको दावी छ ।
१०७ सदस्यीय प्रदेश–२ को प्रदेशसभामा अहिले १०४ जना सदस्य छन् । नेकपा विभाजित हुँदा ३ जना प्रदेशसभा सदस्य एमालेमा लागेपछि माओवादी केन्द्रले उनीहरूलाई कारबाही गरेको थियो । यसमध्ये एमालेका २१ जना प्रदेशसभा सदस्य छन् । यसमध्ये नेपाल पक्षमा १३ जना प्रदेशसभा सदस्य छन् भने ओलीको पक्षमा ८ जना प्रदेशसभा सदस्य छन् ।
प्रदेश सभामा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्यहरुमध्ये अशोककुमार यादव, गोविन्दबहादुर न्यौपाने, डिल्लीप्रसाद उप्रेती, नागेन्द्र राय यादव, प्रमोदकुमार यादव, मदनसेन श्रीवास्तव, मञ्जु यादव, रवीन्द्र बैठा, बेची लुंगेली, शत्रुधन महतो, सीता गुरुङ, सुन्दरबहादुर विश्वकर्मा र हसिमा खातनु माधव पक्षमा छन् भने ओली पक्षमा सत्यनारायण मण्डल, अनिताकुमारी यादव, किशोरी साह कमल, जगतारेन देवी सुडिन, मनोजकुमार सिंह, लगनलाल चौधरी, शारदादेवी थापा र त्रिलोकी प्रसाद रहेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply