प्रदेश १ संसदीय दलको बैठक आज,राईलाई राजीनामा गराउने तयारी
१० भदौ, विराटनगर । नेकपा (एमाले) प्रदेश १ संसदीय दलले आज बैठक बोलाएको छ । पार्टी विभाजनपछि पहिलो पटक आज बैठक बोलाइएको हो ।
बिहीबार बिहान ९ बजे बोलाइएको बैठकमा मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईलाई राजीनामा गराउने तयारी रहेको स्रोतको भनाइ छ ।
राईको राजीनामापछि माधवकुमार नेपालको साथ छोडेका एमाले सचिव भीम आचार्यलाई संसदीय दलको नेता चयन गरी मुख्यमन्त्री बनाउने तयारी गरिएको छ । एमालेका एक सांसदका अनुसार आचार्यलाई बिहीबार नै मुख्यमन्त्री शपथग्रहण गराउने सम्भावना छ ।
पार्टी विभाजनपछि केन्द्र र स्थानीय तहका जनप्रतिनिधिहरुलाई दल रोज्न २१ दिनको समय तोकिएको छ । तर हतारमा संसदीय दलको बैठक बोलाएपछि नेकपा -एकीकृत समाजवादी) पार्टीका नेताहरुले असन्तुष्टि जनाएका छन् ।
एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजेन्द्र राईले संसदीय दलको बैठक बोलाउनु राजनीतक र नैतिक रुपले गलत भएको बताए । आफ्नो पक्षमा सांसद बढाउने उद्देश्यले दलको बैठक बोलाएको बताउँदै उनले भने, मलाई निम्तो आएको छैन, तर दलको नयाँ नेता छनोट गर्ने भन्ने सुन्दैछु ।
बैठकले माधव समूहमा लागेका सांसदलाई कारवाही गर्न सक्ने सम्भावना पनि रहेको एमाले स्रोतले बतायो ।
प्रदेश १ आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको बताए ।
बिहान ९ बजे बस्ने बैठकले संसदीय दलको नयाँ नेता छनोट गर्न सक्ने बताए । एमालेसँग बहुमत रहेको बताउँदै उनले ठूलो दलको हैसियतमा सरकारमा रहने बताए ।
‘संसदीय दलको बैठकमा भीम आचार्य पनि आउनुहुन्छ, उनले भने, सबै विषयमा छलफल हुन्छन्, दलको नेता परिवर्तन पनि हुनसक्छ ।
एमाले संसदीय दलका एक सदस्यका अनुसार बिहीबार नै मुख्यमन्त्रीमा आचार्यलाई शपथ ग्रहण गाराउने सम्भावना छ । ‘मुख्यमन्त्रीले दलको नेताबाट राजीनामा दिने र भीम आचार्य संसदीय दलको नेता चयन गर्ने तयारी छ,’ ती नेताले भने,’ बिहीबार नै शपथग्रहण हुनसक्छ ।
मन्त्री कार्कीले नयाँ सरकार गठनका लागि समय रहेकाले कुनै हतार नभएको बताए ।
बैठकमा माधवकुमार नेपाल समूहका नेताहरुलाई पनि बोलाइएको छ । प्रदेश सांसद उपेन्द्र घिमिरेले आफूलाई बैठकको निम्तो आए पनि नजाने बताए ।
मुख्यमन्त्रीमा भीम अचार्य चयन भए पनि विश्वासको मत नपाउने उनले बताए । एक महिनाका लागि किन मरिहत्ते गरेको होला, उनले भने,’ भोलि विश्वासको मत जुट्दैन् ।
एमाले सचिव आचार्य काठमाडौँमा छन् । उनी बिहीबार बिहान विराटनगर आउने स्वकीय सचिव अनिल राजधामीले बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply