किन छाडे प्रधानन्यायाधीश राणाले संवैधानिक इजलास ?
११ भदौं, काठमाडौं । संवैधानिक परिषद्बाट भएका नियुक्ति बदर गर्नेसम्बन्धी मुद्दाको सुनुवाइ गर्न गठित संवैधानिक इजलासबाट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बाहिरिएका छन् ।
रिट निवेदकले नियुक्तिमा प्रधानन्यायाधीश पनि संलग्न रहेको भन्दै इजलासमा बस्न नमिल्ने भन्दै प्रश्न उठाएपछि संवैधानिक इजलासका न्यायाधीशहरु छलफलमा जुटेका थिए । प्रधानन्यायाधीश पेसी तोक्ने र फैसला गर्ने अन्तिम दिन अनुपस्थित रहने गरी बाहिरिएको स्रोतले जानकारी दिएको छ ।
संविधान बमोजिम संवैधानिक इजलासको अध्यक्ष प्रधान न्यायाधीश रहने भएकाले पेशी तोक्ने र फैसला हुने दिन राणा सर्वोच्च अदालतमा अनुपस्थित हुनेछन् । संवैधानिक परिषदले गरेका नियुक्ति खारेजीसम्बन्धी मुद्दाको सुनुवाई अब राणा बिनाको संवैधानिक इजलासमा अर्को शुक्रवारलाई पेसी तोकिएको छ ।
अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्नायाधीश समेत विपक्षी रहेको भन्दै उनी इजलासमा बस्न नमिल्ने भनेपछि केहीबेर इजलासमा चर्काचर्की चलेको थियो । आफू संवैधानिक दायित्वका कारण संवैधानिक परिषदको बैठकमा बसेको भन्दै प्रधानन्यायाधीश भएका कारण इजलासबाट पनि नबाहिरिने बताएका थिए ।
तर संवैधानिक इजलासका अन्य न्यायाधीशसँगको छलफलपछि उनले बाहिरिने निर्णय लिएका हुन् । उनको अनुपस्थितिमा अब पेशी तोक्ने र इजलासको नेतृत्व वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले गर्नेछन् । संवैधानिक इजलासमा राणासहित, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply