पार्टीले दिने कुनै पनि जिम्मेवारी निभाउन तयार छु : झलनाथ खनाल
१४भदौ, काठमाडौं । एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा कार्यकारी भूमिका माग्ने नैतिक अधिकार आफूलाई नरहेको बताएका छन् । पार्टीले दिने कुनै पनि जिम्मेवारी निभाउन आफू तयार रहेको उनको भनाइ छ ।
भारतमा उपचारपछि फर्किने क्रममा त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै खनालले यस्तो भनाइ राखेका हुन् । उनले पार्टीमा ७० वर्षको मापदण्ड आफूले पालना गर्ने र अरुलाई पनि पालना गर्न आग्रह गरे ।
खनालले भने, ‘म उमेरले ७० वर्ष कटिसकेँ । मैले पार्टीमा कार्यकारी जिम्मेवारीको आशा लिएको छैन । पार्टीले मलाई के दिन्छ, के गर भन्छ, त्यसका लागि ठाउँ राखेको छु । तर, मेरो आफ्नो ठाउँबाट भने कार्यकारी पोष्ट माग गर्ने नैतिक अधिकार मलाई छैन ।
उनले थपे,(एमालेको) नवौं राष्ट्रिय महाधिवेशनमा जुन विधान निर्माण गरियो, त्यसमा सर्वसम्मतिले एउटा मापदण्ड पास गरेका थियौं । त्यो ७० वर्षको मापदण्ड पास गर्ने मुख्य नेता मै हुँ । त्यसमा हामी दृढतापूर्वक अडिनुपर्छ । अन्य नेताहरुलाई पनि त्यो मापदण्डलाई ध्यानमा राख्न आग्रह गर्छु ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply